हैदराबादको प्लेअफ पुग्ने आशा पनि समाप्त

काठमाडौं : सोमबार राति भएको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा वर्षाले बाधा पुर्‍याएपछि सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्सले १–१ अंक बाँडेका छन्।

खेल अधुरै रहँदा हैदराबादको प्लेअफ पुग्ने आशा पनि समाप्त भएको छ। १ सय ३४ रनको लक्ष्य पछ्याउन उत्रिन लागेको हैदराबादले वर्षाका कारण जवाफी इनिङ्सको एउटा बलसमेत खेल्न पाएन।

यो परिणामपछि दिल्ली १३ अंकसहित लिगको पाँचौँ स्थानमा यथावत् रह्यो भने हैदराबाद ७ अंकसहित आठौँ स्थानमा सीमित रह्यो। यसअघि नै राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सको प्लेअफ यात्रा सकिएको थियो।

खेलमा टस जितेर हैदराबादले फिल्डिङ रोजेको थियो, जुन निर्णय सही सावित भयो। कमजोर सुरुआत गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १ सय ३३ रन बनाउन सक्यो। यद्यपि, वर्षाले खेल अवरुद्ध गर्दा हैदराबादले जवाफी ब्याटिङको मौका नै पाएन।

प्रकाशित : मङ्गलबार, बैशाख २३, २०८२१२:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :