एजेन्सी : पाकिस्तानको आक्रमणपछि धर्मशालामा भइरहेको इन्डियन प्रिमियर लिग (IPL) को खेल आकस्मिक रूपमा रोकिएको छ।
पंजाब किंग्स र दिल्ली क्यापिटल्सबीच चलिरहेको खेल स्थगित गरिँदा स्टेडियमका सबै फ्लड लाइटहरू निभाइएका छन् र दर्शकहरूलाई सुरक्षितरूपमा बाहिर निकाल्ने कार्य सुरु गरिएको छ।
खेल रोकिँदा पंजाब किंग्सले १०.१ ओभरमा १ विकेटको क्षतिमा १२२ रन बनाएको थियो।
त्यसबेला क्रीजमा प्रभसिमरन सिंह र श्रेयस अय्यर उपस्थित थिए। ओपनर प्रियांश आर्या ७० रन बनाएर टी. नटराजनको बलमा माधव तिवारीद्वारा क्याच आउट भएका थिए।
आयोजक समितिले सुरक्षा जोखिमका कारण खेल अस्थायी रूपमा स्थगित गरिएको जानकारी दिएको छ। मैदान र वरपरको क्षेत्रमा सुरक्षाकर्मीहरूको उपस्थिति बढाइएको छ र दर्शकहरूलाई सुरक्षित बाहिर निकाल्ने प्रयास तीव्र रूपमा भइरहेको छ।