बलात्कारको आरोपमा पक्राउ परे मुम्बई इन्डियन्सका खेलाडी

एजेन्सी : जोधपुर प्रहरीले बलात्कारको आरोपमा भारतीय क्रिकेटर शिवालिक शर्मा पक्राउ गरेको छ। उनलाई सोमबार बिहान नियन्त्रणमा लिएर त्यही दिनै जिल्ला अदालतमा पेस गरिएको थियो र न्यायिक हिरासतमा पठाइएको छ।

पीडित युवतीले उजुरीमा उल्लेख गरेकी छिन् कि शिवालिकले विवाहको आश्वासन दिएर फेब्रुअरी २०२३ मा बडौदामा शारीरिक सम्बन्ध कायम गरेपछि विवाह गर्न अस्वीकार गरेका हुन्।

उजुरी अनुसार दुबै जना फेब्रुअरी २०२३ मा बडौदामा पहिलो पटक भेटेका थिए र त्यसपछि मित्रता बढ्दै प्रेममा परिणत भयो। उनीहरूको पारिवारिक भेटघाटसमेत भयो र विवाहको निर्णय समेत पारिवारिक सहमतिमा टुंगो लागेको थियो।

तर, २०२४ अगस्टमा पीडित युवतीलाई शिवालिकको परिवारले बडौदामा बोलाएर हाल क्रिकेट करियरलाई ध्यान दिने भन्दै तत्काल विवाह असम्भव भएको भन्दै युवतीलाई पन्छाइएको दाबी गरिएको छ।

शिवालिक शर्मालाई सन् २०२४ मा आईपीएल सिजनका लागि मुम्बई इन्डियन्सले २० लाख रुपैयाँमा किनेका थिए, तर यो सिजनमै उनलाई टिमबाट रिलिज गरिएको थियो। घरेलु क्रिकेटमा बडौदा टोलीबाट खेलिरहेका शर्मा यो जनवरीतिरदेखि मैदानबाट पनि टाढा छन्। अहिले उनी जोधपुर कारागारमा रहेका छन् र अनुसन्धान जारी छ।

प्रकाशित : सोमबार, बैशाख २२, २०८२२०:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हैदराबादको प्लेअफ पुग्ने आशा पनि समाप्त