पौडी खेल्दा डुबेर दुई किशोरको मृ*-त्यु

नवलपुर : वैशाख २२ गते सोमबार नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।

जिल्लाको गैँडाकोट नगरपालिका–३ केलादी, जुक्ति खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–८ बस्ने १६ वर्षीय प्रमिशन पाठक र वडा नम्बर ४ धर्म चोक बस्ने १६ वर्षका शिशिर पन्त रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

प्रकाशित : सोमबार, बैशाख २२, २०८२१८:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२० वर्षदेखि निष्क्रिय खाता सक्रिय गर्न नबिलले दियो असार १५ सम्मको समय, नगरे खाताको पैसा के हुन्छ ?