हेटौँडा : मकवानपुरमा आइतबार दिउँसो कुरिलो टिप्न गएका एक व्यक्तिको मृत्यु भएको छ।
मकवानपुरपुरगढी गाउँपालिका–५ निवासी ५२ वर्षीय कप्तान रुम्बाले सोलथुम चुहारस्थित कटुसघारी सामुदायिक वनमा कुरिलो टिप्न जाने क्रममा भिरबाट करिब १०० मिटर तल लडेर ज्यान गुमाएका हुन्।
टोलीले घटनास्थलको प्रारम्भिक निरीक्षण गरिसकेपछि मृतकको शव सुरक्षित रूपमा हेटौँडा अस्पताल लैजाने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। थप अनुसन्धान जारी छ।