काठमाडौँ : स्कटल्यान्डमा आगामी जुन महिनामा आयोजना हुने आइसीसी क्रिकेट विश्वकप लिग–२ सिरिजको तयारीका लागि नेपाल क्रिकेट संघ (क्यान) ले विशेष ‘कोर क्याम्प’ सञ्चालन गर्ने भएको छ।
क्यानले पहिलो चरणको तयारीस्वरूप ५२ खेलाडीको प्रारम्भिक टोली चयन गरेको छ, जसमा यु–१९ टोलीका तीन युवा प्रतिभा – नरेन भट्ट, युवराज खत्री र सन्तोष यादवलाई पनि समावेश गरिएको छ। चयनमा परेका खेलाडीहरूलाई चार फरक रंग – निलो, हरियो, रातो र पहेँलो – अनुसार चार समूहमा बाँडिएको छ।
प्रशिक्षणको नेतृत्व मुख्य प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा हुनेछ, जहाँ अभ्यास खेलहरूमार्फत अन्तिम टोली छनोट गरिनेछ। यो प्रशिक्षण सत्र अप्रिल २६ देखि मे ३ सम्म मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने तय भएको छ।
निलो टोलीमा रोहित कुमार पौडेल (कप्तान), गुलशन कुमार झा, करण केसी, प्रज्वल थापा (विकेटकिपर), सन्दीप जोरा, कुशल मल्लदेव खनाल, अनिलकुमार साह (विकेटकिपर), शाकिब हक, सूर्य तामाङ, दिपेशप्रसाद कँडेल र युवराज खत्री रहेका छन्।
हरियो टोलीको नेतृत्व आसिफ शेख (कप्तान तथा विकेटकिपर) ले गर्नेछन्। अन्य सदस्यहरूमा सोमपाल कामी, इशान पाण्डे, अर्जुन कुमाल, आकाश त्रिपाठी, सागर ढकाल, दिलीप नाथ (विकेटकिपर), विवेककुमार यादव, पवन सर्राफ, रिजन ढकाल, शेर मल्ल, रसिद खान र सन्तोष यादव छन्।
रातो टोली सन्दीप लामिछानेको कप्तानीमा रहेको छ। टोलीमा आरिफ शेख, भीम सार्की, प्रतिश जिसी, अर्जुन साउद (विकेटकिपर), तृतराज दास, शुभ कंसाकार, साहब आलम, बसिर अहमद, लोकेश बम, नन्दन यादव, आकाश चन्द र नरेन भट्ट सामेल छन्।
पहेंलो टोली मा दीपेन्द्रसिंह ऐरीले कप्तानी गर्ने छन्। टोलीका अन्य खेलाडीहरूमा कुशल भुर्तेल, ललितनारायण राजवंशी, विनोद भण्डारी (विकेटकिपर), मायन यादव, सुजन थापालिया, अर्जुन घर्ती (विकेटकिपर), किरण ठगुन्ना, अविनाश बोहरा, रुपेशकुमार सिंह, कमलसिंह ऐरी, विशाल पटेल र दीपेन्द्र रावत छन्।
यो तयारी क्याम्पबाट छनोट गरिने अन्तिम टोलीले नै आगामी लिग-२ सिरिजमा नेपालको प्रतिनिधित्व गर्नेछ।