४५ वर्षको हुँदा पनि कुमारी छिन् दिव्या दत्ता, दमदार अभिनयबाट बनाएकी छिन् अलग पहचान

एजेन्सी : भारतीय अभिनेत्री दिव्या दत्ताले बलिउडका धेरै उत्कृष्ट फिल्महरुमा काम गरिसकेकी छिन्। उनी भारतीय चलचित्र क्षेत्रको सफल अभिनेत्रीको सूचीमा पर्छिन्। दिव्याले हिन्दी फिल्ममा मात्र नभई अङ्ग्रेजी, पञ्जाबी, तमिल, तेलुगु र मलयालम भाषाका फिल्महरुमा पनि काम गरेकी छिन्। उनको जन्म सन् १९७७ सेप्टेम्बर २५ तारिखमा भारतको लुधियाना सहरमा भएको थियो।

बलिउडमा प्रवेश गर्नुअघि दिव्याले पञ्जाबको क्षेत्रीय टिभी विज्ञापनका लागि मोडलिङ गर्थिन्। यति मात्र हैन उनी डबिङ आर्टिस्ट पनि हुन्। उनले सन् १९९४ मा फिल्म ‘इश्क में जीना इश्क में मरना’ बाट आफ्नो अभिनय यात्राको सुरुवात गरेकी थिईन्।

सन् १९९५ मा आएको फिल्म ‘वीरगति’ प्रमुख भूमिकामा दिव्याको करियरको पहिलो फिल्म थियो। यस फिल्ममा उनी सलमान खानको अपोजिटमा देखिएकी थिईन्। सन् २००४ मा आएको ‘वीर जारा’ बाट दिव्याले बलिउडमा नयाँ पहिचान पाइन्। दिव्या दत्त प्रायः उनको सहयोगी(सपोर्टिङ) भूमिकाका लागि परिचित छिन्।

दिव्या दत्तले आफ्नो फिल्मी करियरमा धेरै अवार्ड पनि पाएकी छिन्। दिव्याले सन् २०१८ मा फिल्म ‘इरादा’ का लागि पहिलो राष्ट्रिय पुरस्कार प्राप्त गरेकी थिइन्। फिल्ममा उनले सपोर्टिङ रोल निभाएकी थिईन्।

धेरै रोमान्टिक फिल्ममा देखिएकी दिव्या रियल लाइफमा भने एक्लै छिन्। भारतीय मिडिया रिपोर्ट्सका अनुसार दिव्याले भारतीय सेनाका लेफ्टिनेन्ट कमाण्डर सन्दीप शेरगिलसँग इन्गेजमेन्ट गरेकी थिइन्। तर इन्गेजमेन्ट भएको केही समयमै त्यो सम्बन्ध टुटेको टुटेको थियो। जसले दिव्याको मुटुलाई छिया-छिया बनायो र उनले जीवनभर विवाह नगर्ने फैसला गरिन्।

प्रकाशित : बिहिबार, साउन १८, २०८०१४:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :