यसरी चिन्न सकिन्छ धोकेबाझ पुरुषलाई ,अपनाउनुस् यी उपायहरु

सामान्य भेटघाट र चिनजान तथा सामाजिक सञ्जालका माध्यमबाट हुने कुराकानी कै भरमा एक अर्का बीच चिन्न वा बुझ्न गाह्रो हुने गर्छ। त्यसो त मानिसहरु सम्बन्धमा आएपछि मात्र राम्रोसँग चिनिन्छन् । यहाँ हामीले तल धोकेबाझ प्रकृतिका पुरुषका प्रकारबारे केहि चर्चा गरेका छौं।
कसरी थाहा पाउने त धोकेबाझ पुरुष ,यी हुन् सुत्रहरु

१. रहस्यमयी ब्यक्ति
यदि सबै कुरा आफूसँग गुपचुप राख्छ र सामान्य कुरा पनि भन्दैन भने त्यस्तो पुरुषसँग सचेत रहनुस्। यस्ता ब्यक्तिले तपाइँलाई कतिबेला लात हान्छन् चाल नै पाउनु हुन्न। यस्ता ब्यक्तिहरुको मोबाइल हतपति कसैले चलाउन पाउँदैन हेरी हाले पनि अधिकाँश समय मोबाइलको इनबक्स खाली हुन्छ। यस्ता ब्यक्ति राम्रो श्रोता त हुन्छन् तर आफ्नो केही भन्दैनन्।

२. हरेक कुरा गोप्य
जुन पुरुषले हरेक कुरा गोप्य राख्छ र सम्बन्धको विषयमा समेत कसैलाई भन्दैन त्यस्ताले धोका दिन आइतबार कुर्दैनन्। यस्ता ब्यक्तिका स्त्रीसँग एकैपठक सम्बन्ध पनि हुन सक्छ। उनीहरुले जुनसुकै केटीसँग पनि फ्लर्ट गर्छन्।

३. चाहिने भन्दा बढी चासो
तपाइँका हरेक गतिविधीमा हरेक समय चासो राख्ने र तपाइँलाई नियन्त्रण गर्न खोज्ने पुरुषले तपाइँलाई कुन बेला छोड्छन् थाहा हुँदैन । यस्ता ब्यक्तिले आफू कहाँ गएको र के गरेको भन्दैनन् तर अरुले कहाँ गयो के र्गयो खुव चासो राख्छन्।

४. प्रेम होइन शारीरिकता
स्त्रीसँग सहजै नजिकिने र शारीरिक सम्बन्ध राख्न पनि माहिर तर प्रेमको कुरा आउने वित्तिकै उनीहरु पन्छिन्छन्। यस्ता पुरुष धोकेबाझ हुन्छन्।

५. आमासँग सम्बन्ध राम्रो नहुने
कुनै पनि पुरुषको सम्बन्ध आमासँग राम्रो छैन भने बुझ्नुस् त्यस्तो ब्यक्ति विश्वसनीय हुँदैन। यस्ता ब्यक्तिलले धोका दिन कत्ति बेर लाउँदैनन्। यस्ता ब्यक्तिले स्त्रीलाई सम्मान गर्न जान्दैनन् नत सम्मान गरेको नै बुझ्छन्।

६. अन्तिम समयमा आएर बाहाना
कुनै पनि पुरुषले अन्तिम समयमा आएर बहाना बनाउँछ र भेटघाट वा सेट भैसकेका कुरा समेत स्थगित गर्छ भने बुझ्नुस् उ विश्वास गर्न लायक छैन। यस्ता ब्यक्तिले राम्रो विकल्प भेट्ने वित्तिकै तपाइँलाई लात हान्छन्।

प्रकाशित : शुक्रबार, साउन १९, २०८०१२:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

“सेप्टेम्बर” महिनाभर पैसाको खोला बग्नेछ यी ४ राशिको जीवनमा, रहनेछ लक्ष्मी माताको कृपा