पुष्य नक्षत्रमा सूर्य देवको गोचर, यी तीन राशिको भाग्य वर्षभर सूर्य जस्तै चम्किने

ग्रहहरूको राजा सूर्यले निश्चित समयावधिमा राशि परिवर्तनसँगै नक्षत्र परिवर्तन गर्छ। साउन २० गते सूर्य पुष्य नक्षत्रमा प्रवेश गरेको छ। ज्योतिष शास्त्रमा सूर्यको नक्ष परिवर्तनको धेरै महत्त्वपूर्ण छ। यस समयमा सूर्य पुष्य नक्षत्रमा प्रवेश गर्नु धेरैको लागि सकारात्मक परिणामको मिल्ने संकेत देखिएको छ। यसअघि जुलाई १७ तारिखमा सूर्य कर्कट राशिमा प्रवेश गरेको थियो भने जुलाई २० तारिखमा सूर्यले आफ्नो नक्षत्र परिवर्तन गरेको छ। सूर्य नक्षत्र परिवर्तनले कुन-कुन व्यक्तिको जीवनमा सकारात्मक परिवर्तन आउँछ जान्नुहोस्।

वृष राशि

वृष राशिका व्यक्तिहरुलाई सूर्यको गोचरबाट विशेष लाभ मिल्नेछ। जोखिम लिने क्षमता बढ्नेछ र यस चरणमा महत्त्वपूर्ण कार्यहरू पूरा गर्नुहुनेछ। सूर्यको स्थितिले खुशी र सम्मान प्रदान गर्नेछ। कार्यस्थलमा थप जिम्मेवारी पाउन सकिनेछ। मान सम्मानमा बृद्धि हुनेछ। आम्दानीका साधन बढ्नेछन्।

मिथुन राशि

पुष्य नक्षत्रमा सूर्यको गोचरले यस राशिका व्यक्तिको सीप र प्रतिभामा वृद्धि हुनेछ। आर्थिक सफलता नजिक छ र परिवारले यस समयमा सहयोग प्रदान गर्नेछ। पारिवारिक व्यावसायसँग सम्बन्धित व्यक्तिहरूले प्रशस्त नाफा प्राप्त गर्नेछन् र आफ्नो प्रयासमा चमक हुनेछन्। प्रतिद्वन्द्वीलाई जित्नुहुनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। नयाँ मान्छे भेट्न सकिनेछ। दिन आर्थिक समृद्धितर्फ लाग्नेछ।

वृश्चिक राशि

सूर्यको गोचरले सकारात्मकताको संचार रहनेछ। यस समयमा गरेका कार्यहरूले अरूमा स्थायी छाप छोड्नेछ। सूर्यको आशीर्वादले धन लाभ हुने सम्भावना छ। वृश्चिक राशिका व्यक्तिहरूले भौतिक सुखसुविधाको आनन्द लिने र आफ्नो प्रयासमा सफलता प्राप्त गर्ने अपेक्षा गर्न सकिन्छ। कार्यक्षेत्रमा उपलब्धिहरू देखिनेछन् र अवसरहरू प्राप्त हुनेछन्। यो अवधि आध्यात्मिक विकासको लागि बलियो सम्भावना रहेको छ।

प्रकाशित : बिहिबार, साउन ११, २०८०११:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘नवपञ्चम योग’ बन्दै, माता लक्ष्मीको कृपाले यी ३ राशिको भाग्य चम्किने !