‘नवपञ्चम योग’ बन्दै, माता लक्ष्मीको कृपाले यी ३ राशिको भाग्य चम्किने !

वैदिक ज्योतिषमा धेरै प्रकारका राजयोगहरू वर्णन गरिएको छ। यी राजयोगहरू ग्रहहरूको संयोग र विभिन्न स्थानमा तिनीहरूको स्थितिको आधारमा बन्छन्। यो राजयोगले धेरै शुभ फल दिन्छ। मंगल ग्रह अहिले मिथुन राशिमा छ भने शनि कुम्भ राशिमा प्रवेश गरिसकेको छ। शनिको उदय र मंगलको संयोगले नवपञ्चम योग बनेको छ। विशेष गरी शनि मंगलबाट पाँचौं घरमा र मंगल ग्रह शनिबाट नवौं घरमा अवस्थित छ। यस नवपञ्चम योगबाट तीनवटै राशिका व्यक्तिहरूलाई धेरै फाइदा हुनेछ।

मेष  राशि 

यस समयमा मेष राशिका व्याक्तिको हिम्मत र उर्जाको स्तर उच्च रहनेछ, जसका कारण उनीहरुले कार्यहरु सजिलै सम्पन्न गर्न सक्नेछन्। व्यापार व्यावसायबाट मनग्य लाभ हुनेछ र यात्राबाट राम्रो नतिजा मिल्नेछ। सूचना प्रविधि क्षेत्रमा काम गर्नेहरूलाई धेरै फाइदा हुनेछ र आर्थिक लाभको सम्भावना छ।

कन्या राशि

कन्या राशिका व्यक्तिहरुका लागि करियर र कामको दृष्टिले लाभदायक साबित हुनेछ। पदोन्नति र वृद्धिको उच्च सम्भावना छ र उनीहरूलाई महत्त्वपूर्ण जिम्मेवारीहरू सुम्पन सकिन्छ। प्रतिष्ठित कम्पनीहरुबाट उच्च स्तरीय पदका लागि प्रस्ताव आउन सक्छ। कुनै अप्ठ्यारो वा बाधा हट्नेछ र धन र सम्पत्तिको हिसाबले लाभ हुनेछ।

कुम्भ राशि

कुम्भ राशिका व्यक्तिलाई यस समयमा कार्यस्थलमा उनको प्रतिष्ठा बढ्नेछ र व्यापारको सम्भावना बढ्नेछ। साथीभाइ तथा दिदीबहिनीको सहयोगमा महत्त्वपूर्ण परियोजना सफलतापूर्वक सम्पन्न गर्न सकिनेछ। आर्थिक समृद्धिले जीवनमा खुशी ल्याउनेछ र उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि यो समय अनुकूल छ।

प्रकाशित : बिहिबार, साउन ११, २०८०१२:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज साउन १२ गते शुक्रबार शुभ-अशुभ कस्तो रहला दिन, हेर्नुहोस् राशिफल