बुध सिंह राशिमा आई शुक्र र मङ्गलसँग बनाउनेछ संयोग, यी ३ राशिको चम्किनेछ भाग्य

काठमाडौँ : – वैदिक ज्योतिष शास्त्रका अनुसार ग्रहहरूले समय-समयमा गोचर गर्छन् र अन्य ग्रहहरूसँग योग बनाउँछन्, बुध ग्रह साउन ९ गते (२५ जुलाई) मङ्गलबार आफ्नो स्वराशि सिंहमा प्रवेश गर्दैछ, जहाँ मङ्गल र शुक्र ग्रहसँग योग बनाउनेछ। जसका कारण सिंह राशिमा यी तीन ग्रहको संयोग हुनेछ। यसका साथसाथै यो संयोगको प्रभाव सबै राशिका मानिसमा देखिनेछ तर ३ राशिका यस्ता छन्, जसको मनोकामना यस समयमा पूरा हुन सक्छ । यसका साथसाथै धन र सौभाग्यको सम्भावना पनि सृजना भइरहेको छ । आउनुहोस् जानौं ती राशिहरु कुन – कुन हुन्…

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तुला राशिका लागि शुक्र, मंगल र बुधको संयोग लाभदायक साबित हुन सक्छ। यी ग्रहहरुको संयोग तपाईको गोचर कुण्डलीको आय भावमा बन्नेछ। त्यसैले यस समयमा आयमा उल्लेखनीय वृद्धि हुन सक्छ। यसका साथै आम्दानीका नयाँ श्रोतहरू सृजना हुन् सक्छन्।

कार्यक्षेत्रमा तपाईको मेहनतको फलस्वरूप तपाईले बढुवा प्राप्त गर्नुहुनेछ। आम्दानीमा वृद्धि हुने प्रबल सम्भावना छ। साथै यो समयमा तपाई बचत गर्न सफल हुनुहुनेछ। शेयर बजार, सट्टेबाजी र लट्टरीमा लाभ हुन् सक्छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

शुक्र, मंगल र बुधको योगले वृश्चिक राशिका लागि शुभ दिन सुरु हुन सक्छ। किनकी यी ग्रहहरुको संयोग तपाईको राशिमा बन्न गइरहेको छ । त्यसैले यो समयमा काम–व्यवसायमा सफलता मिल्न सक्छ । एकै समयमा, तपाईंको करियर धेरै राम्रो हुनेछ। यस अवधिमा रोजगारीमा रहेका व्यक्तिहरूले यस क्षेत्रमा धेरै राम्रा अवसरहरू पाउनेछन्।

यसका साथसाथै कार्यस्थलमा अधिकारीहरू तपाईसँग खुसी रहनेछन्, जसको फलस्वरूप तपाईले ठूलो जिम्मेवारी पाउने सम्भावना छ। अर्कोतर्फ, व्यवसाय गर्नेहरूले व्यापारमा राम्रो नाफा कमाउन सक्छन्। साथै यस अवधिमा बुवाको सहयोग प्राप्त हुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

सिंह राशिमा बुध, शुक्र र मंगलको संयोग कर्कट राशिका लागि अनुकूल साबित हुन सक्छ। किनकी यी ग्रहहरुको संयोगले तपाईको राशिमा धन भाव बन्न लागेको छ । त्यसैले यस समयमा आकस्मिक धन लाभ हुने सम्भावना छ ।

यस समयमा तपाईका अगाडि धेरै यस्ता अवसरहरू आउनेछन्, जुन सदुपयोग गरी तपाईले आफ्नो आर्थिक अवस्था बढाउन सक्नुहुन्छ। यसका साथमा बोलीमा प्रभाव बढ्नेछ, जसका कारण मानिसहरु तपाईसँग जोडिनेछन् । यस समयमा विदेशमा व्यापार गर्ने व्यक्तिहरूलाई राम्रो लाभ हुन सक्छ।

प्रकाशित : बुधबार, साउन ०३, २०८०१२:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘शक्तिशाली त्रिग्रही योग’ बन्दा यी ३ राशिको चम्किन सक्छ भाग्य, बुध र सूर्यदेवको रहनेछ विशेष कृपा