‘शक्तिशाली त्रिग्रही योग’ बन्दा यी ३ राशिको चम्किन सक्छ भाग्य, बुध र सूर्यदेवको रहनेछ विशेष कृपा

काठमाडौँ : – ज्योतिष शास्त्रका अनुसार ग्रहहरू एक निश्चित अन्तरालमा गोचर गरी त्रिग्रही योग र राजयोग बनाउँछन्। जसको प्रभाव सबै राशिका मानिसमा देखिन्छ। बुध र सूर्य देव कर्कट राशिमा गोचर गरिरहेको छ भने चन्द्रमा पनि कर्कट राशिमा गोचर गर्नेछ। जसकारण त्रिग्रही योगको निर्माण हुनेछ र यस योगको प्रभाव सबै राशिका जातकहरुमा देखिनेछ। तर ३ राशिका मानिसहरुलाई यस समयमा आकस्मिक धनलाभ र प्रगतिको सम्भावना छ। आउनुहोस् जानौँ ती भाग्यशाली राशिका बारेमा…

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – 

मेष राशिका लागि त्रिग्रही योग शुभ साबित हुन सक्छ। किनकी यो योग तपाईको राशिबाट चतुर्थ भावमा बन्दैछ। जसले गर्दा तपाईलाई सबै खाले भौतिक सुख-सुविधा प्राप्त हुन् सक्छ। सवारी साधनसँगै अन्य चल-अचल सम्पति खरिद गर्ने मन बनाउन सक्नुहुन्छ। साथै यस अवधिमा तपाईको आमाप्रतिको लगाव एवं निकटता बढ्न सक्छ।

आमाप्रतिको माया बढ्नेछ। साथै यस समयमा तपाईको आर्थिक स्थितिमा पनि सुधार आउनेछ। साथै यस योगको दृष्टि तपाईको गोचर कुण्डलीको दशम भावमा रहेको छ। त्यसैले यो समयमा काम–व्यवसायमा सफलता मिल्न सक्छ। बेरोजगारहरुले नयाँ काम पाउन सक्नेछन्।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

त्रिग्रही योग बन्ने भएकाले कन्या राशिका लागि शुभ दिन सुरु हुनसक्छ । किनकी तपाईको राशिबाट आय भावमा यो योग बन्न लागेको छ । त्यसैले यस समयमा तपाईको आम्दानी बढ्न सक्छ। यसका साथै आम्दानीका नयाँ श्रोतहरू सृजना हुन् सक्छ। अर्कोतर्फ आर्थिक दृष्टिले समय निकै अनुकूल रहनेछ ।

परिवारको आम्दानी बढ्नेछ। साथै, कार्यस्थलमा आफ्नो कडा परिश्रमको फलस्वरूप पदोन्नति हुने सम्भावना छ। अर्कोतर्फ, तपाईले सन्तान पक्षसँग सम्बन्धित केही शुभ समाचार प्राप्त गर्न सक्नुहुन्छ। सेयर बजार, सट्टेबाजी र चिठ्ठाबाट लाभ मिल्नेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तुला राशिका मानिसहरूका लागि त्रिग्रही योगको निर्माण करियर र व्यापारको हिसाबले लाभदायक साबित हुन सक्छ। किनकी यो योग तपाईको राशिबाट कर्म भावमा बन्दैछ। तसर्थ, कामको खोजीमा रहेकाहरूका लागि यो समय राम्रो साबित हुन सक्छ। यसको मतलब उनीहरूले नयाँ कामको अवसर पाउन सक्छन्।

यसका साथै कार्यक्षेत्रमा कडा परिश्रमको फलस्वरूप रोजगारीमा रहेका व्यक्तिको पदोन्नतिको सम्भावना रहेको छ । अर्कोतर्फ, व्यवसायी वर्गले व्यापारमा राम्रो नाफा कमाउन सक्नेछ।

प्रकाशित : बुधबार, साउन ०३, २०८०१५:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तीन वर्षपछि पर्सि शनिबार परेको छ पद्मिनी एकादशी, यी उपायले हरेक क्षेत्रमा सफलता मिल्नेछ