केही समयपछि राहु-केतुले बदल्दैछ आफ्नो चाल, ३ राशिमाथि पार्नेछ प्रतिकूल प्रभाव

काठमाडौँ : – ३० अक्टोबर सन् २०२३ मा राहु मेष राशिबाट निक्लिएर मीन राशिमा प्रवेश गर्नेछ, त्यस्तै केतु तुला राशिबाट निक्लिएर कन्या राशिमा गोचर गर्नेछ। ज्योतिष शास्त्र अनुसार राहु-केतुलाई पापी र मायावी ग्रह मानिन्छ। यी ग्रहहरूको गोचरले केही राशिका लागि अशुभ परिणाम दिन सक्छ। यी राशिका व्यक्तिहरूले धेरै सावधानी अपनाउनु पर्छ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – 

राहु-केतुको गोचरको अशुभ प्रभावले मेष राशि हुनेहरुको बजेट बिग्रन सक्छ। यी ग्रहहरूको परिवर्तनले मेष राशिको दाम्पत्य जीवनमा पनि असर गर्छ। पार्टनरसँग मनमुटावको स्थिति आउन सक्छ। विवादमा नपर्नुहोस् र भगवान शिवको पूजा गर्नुहोस्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

राहु–केतुको गोचरका कारण वृष राशिका व्यक्तिहरुको समय कष्टकर रहनेछ। आर्थिक संकटको सामना गर्नु पर्नेछ। श्रीमान्–श्रीमतीबीच मनमुटाव बढ्न सक्छ । घरमा अशान्तिको वातावरण बन्न सक्छ। त्यसैले बिना सोचेर केही बोल्नु हुँदैन ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

राहु-केतुको गोचरले कन्या राशिका व्यक्तिलाई धेरै समस्याहरू बढाउनेछ। राहु-केतुको प्रभावले तपाईको व्यवहारमा क्रोध आउनेछ, जसले तपाईको काम बिगार्न सक्छ। आफ्नो क्रोधलाई नियन्त्रण गर्नुहोस् र शान्त रहने प्रयास गर्नुहोस्।

प्रकाशित : आइतबार, असार ३१, २०८०१२:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आफ्नै सन्तानको लागि शत्रु समान हुन्छन् यस्ता आमा-बाबु- चाणक्य नीति !