आफ्नै सन्तानको लागि शत्रु समान हुन्छन् यस्ता आमा-बाबु- चाणक्य नीति !

आजको समयमा पनि मानिसहरूले आचार्य चाणक्यलाई महान् राजनीतिज्ञ, कूटनीतिज्ञ र अर्थशास्त्री मान्छन्। उनले आफ्नो नीतिशास्त्रमा परिवार, समाज, धर्म, राजनीति, शिक्षा आदि सबै विषयमा आफ्नो विचार व्यक्त गरेका छन्। चाणक्यका यी नीतिहरू आज पनि सान्दर्भिक छन्। आचार्य चाणक्यले एउटा श्लोकमा बताउनुभएको छ कि कस्तो प्रकारका माबाबु सन्तानको लागि शत्रु समान हुन्छन्, जान्नुहोस्?

माता शत्रुः पिता वैरी येन बालो न पाठितः।
न शोभते सभामध्ये हंसमध्ये बको यथा।।

आचार्य चाणक्यले भनेका छन्, ती आमाबाबु आफ्नै सन्तानको लाग शत्रु हुन्, जसले बालबालिकालाई आफ्नो हैसियत हुँदा पनि पढ्न-लेख्नबाट बन्चित गरेको छ। किनभने विद्वानहरूको समूहमा अशिक्षित बच्चा सुहाउँदैन। उनीहरूलाई सधैँ अपमानित गरिन्छ। कागको बगालमा बकुल्ला जस्तै विद्वानहरूको समूहमा उसको अपमान गरिन्छ।

मान्छे भएर जन्मिएर मात्रै बुद्धिमान बन्दैन । उनको लागि शिक्षित हुनु धेरै महत्त्वपूर्ण हुन्छ। जुन कुरा आजको समयमा वृद्ध मानिसको मुखबाट पनि सुन्न सकिन्छ। मानिसको रूप, आकार-प्रकार एउटै जस्तै हुन्छ, भिन्नता उनीहरूको विद्वताबाट मात्र थाहा हुन्छ। जसरी सेतो हासको बिचमा बसेर काग राजहंस बन्न सक्दैन, त्यसरी नै अशिक्षित मानिस शिक्षित मानिसहरूको बिचमा बसेर राम्रो देखिन सक्दैन। त्यसैले बालबालिकालाई समाजको सुन्दरता बनोस् भन्ने चाहनुहुन्छ भने, शिक्षा दिनु अभिभावकको कर्तव्य हो। त्यो विद्या विद्यालय तथा घरमा नै किन नहोस्।

प्रकाशित : आइतबार, असार ३१, २०८०१४:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सूर्यले राशि परिवर्तन गरेसँगै मच्चियो हलचल, सुरु भए ४ राशिका सुखद् दिन