असार महिना यी ६ राशिलाई अत्यन्तै शुभ हुने, हुनेछ लाभै-लाभ

मेष राशि

कार्यक्षेत्रमा तपाईको काम देखेर उच्च पदाधिकारी प्रशन्न हुनेछन्। थप जिम्मेवारी पनि प्राप्त गर्न सकिनेछ। प्राविधिक र टेक्निकल कार्यमा उन्नति हुनेछ। तपाईको आर्थिक पक्ष मजबूत हुनेछ। सामाजिक कार्यमा तपाईको संलग्नता बढ्नेछ। मनमा अनावश्यक चीज आउन नदिएमा बढी लाभ मिल्ने उच्च सम्भावना रहेको छ। स्वास्थ्यमा भने विशेष ख्याल राख्नुपर्ने देखिन्छ।

मिथुन राशि

सामाजिक कार्यमा तपाई पूर्ण रूपमा संलग्न हुनुहुनेछ र सामाजिक मान सम्मान पनि बढ्नेछ। बौद्धिक कार्यमा तपाईंलाई निकै उत्कृष्ट लाभ मिल्ने देखिन्छ। लामो समयदेखि रोकिएका कार्य यो महिना सफलताका साथ सम्पन्न हुनेछ। प्रेम सम्बन्ध अझ सुमधुर भएर जानेछ। साथी-भाइबाट पूर्ण साथ तथा सहयोगको अपेक्षा गर्न सकिनेछ।

सिंह राशि

सिंह राशिका मानिसको लागि यो महिना राम्रो नै रहला। यात्राको योग बन्ने देखिन्छ। यात्रा सुखद तथा शुभ नै रहनेछ। तपाई मान-सम्मानमा वृद्धि भएर जानेछ। कार्यक्षेत्रमा विशेष सफलता प्राप्त गर्न सकिनेछ। कला क्षेत्रमा तपाईको लगाव बढ्नेछ। आर्थिक स्थिति यो महिना भर राम्रो नै रहने संकेत छ। विद्यार्थी वर्गको लागि पनि समय उत्तम रहला।

वृश्चिक राशि

आकस्मिक धन लाभ हुने सम्भावना उच्च रहेको छ। शिक्षा क्षेत्रमा रहेका मानिसले विशेष सफलता प्राप्त गर्न सफल हुनेछन्। आफन्त तथा साथी-भाइसँग रमणीय भेटघाट हुने योग रहेको छ। नयाँ कार्य प्रारम्भ गर्न चाहनुहुन्छ भने यो महिना तपाईंको लागि निकै शुभ हुनेछ। सामाजिक र राजनैतिक कार्यबाट सफलता मिल्ने योग रहेको छ।

धनु राशि

आफन्तबाट विशेष साथ सहयोगको अपेक्षा गर्न सकिन्छ। पारिवारिक वातावरण सुखमय रहनेछ। शत्रु पराजित हुनेछन्। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। हरेक क्षेत्रमा तपाईंले केहि न केहि प्रगति गर्न सक्नुहुनेछ। विद्यार्थी वर्गका लागि पनि यो समय अत्यन्त अनुकूल रहनेछ। स्वास्थ्यमा भने अलि धेरै ध्यान दिन आवश्यक देखिन्छ।

मीन राशि

लामो समय देखि रोकिएका कार्यहरु यो महिनामा निकै सरलताका साथ सम्पन्न हुने देखिन्छ। मनमा आनन्द तथा शान्तिको भावना रहनेछ। कला क्षेत्रमा तपाईंले विशेष सफलता प्राप्त गर्न सक्नुहुनेछ। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान बढ्नेछ। आकस्मिक धन लाभ मिल्ने संकेत रहेको छ। पुँजी बजारमा लगानीको अवसर पनि छ।

प्रकाशित : शनिबार, असार ०९, २०८०१६:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मकर, कुम्भसहित ३ राशिलाई महत्वपूर्ण छ असार १६ गतेको दिन, शनिको अशुभ प्रभावबाट मुक्ति पाउन अपनाउनुस् यी उपाय