काठमाडौँ : – आषाढ शुक्लपक्षको प्रदोष व्रत असार १६ गते शनिबारको दिन परेको छ। शनिबार पर्ने प्रदोष व्रतलाई शनि प्रदोष व्रत भनिन्छ। त्रयोदशी तिथिमा प्रदोष व्रत मनाइन्छ । हिन्दु धर्ममा प्रदोष व्रतको ठूलो महत्व छ। प्रत्येक महिनामा दुई पटक प्रदोष व्रत पर्छ। एक शुक्ल पक्षमा र एक कृष्ण पक्षमा।
एक वर्षमा कुल २४ प्रदोष व्रत मनाइन्छ। प्रदोष व्रतको दिन भगवान शंकर र माता पार्वतीको पूजा–आराधना गरिन्छ। यस व्रतमा प्रदोष कालमा पूजा गर्नुको धेरै महत्व छ। भगवान शङ्कर र माता पार्वतीको कृपाले व्यक्तिले सबै प्रकारका सुखको अनुभव गर्छन्। शनिबारको दिन परेमा प्रदोष व्रतको महत्व धेरै गुणा बढ्छ । अहिले मकर, कुम्भ, धनु राशिमा शनिको साढेसाती र मिथुन, तुला राशिमा शनिको ढैय्या चलिरहेको छ।
शनिको साढेसाती र ढैय्या लाग्दा व्यक्तिले धेरै खाले समस्याको सामना गर्नुपर्छ। शनिको साढेसाती र ढैय्याबाट मुक्तिको लागि लिंगाष्टकम स्तोत्रको पाठ गर्नुपर्छ। लिंगाष्टकम स्तोत्र पाठ गर्दा भगवान शिवको विशेष कृपा प्राप्त हुन्छ। थप पढ्नुहोस् लिंगाष्टकम् स्तोत्र : –
- लिंगाष्टकम स्तोत्र
ब्रह्ममुरारिसुरार्चितलिङ्गं निर्मलभासितशोभितलिङ्गम् ।
जन्मजदुःखविनाशकलिङ्गं तत् प्रणमामि सदाशिवलिङ्गम् ॥१॥
देवमुनिप्रवरार्चितलिङ्गं कामदहं करुणाकरलिङ्गम् ।
रावणदर्पविनाशनलिङ्गं तत् प्रणमामि सदाशिवलिङ्गम् ॥२॥
सर्वसुगन्धिसुलेपितलिङ्गं बुद्धिविवर्धनकारणलिङ्गम् ।
सिद्धसुरासुरवन्दितलिङ्गं तत् प्रणमामि सदाशिवलिङ्गम् ॥३॥
कनकमहामणिभूषितलिङ्गं फणिपतिवेष्टितशोभितलिङ्गम् ।
दक्षसुयज्ञविनाशनलिङ्गं तत् प्रणमामि सदाशिवलिङ्गम् ॥४॥
कुङ्कुमचन्दनलेपितलिङ्गं पङ्कजहारसुशोभितलिङ्गम् ।
सञ्चितपापविनाशनलिङ्गं तत् प्रणमामि सदाशिवलिङ्गम् ॥५॥
देवगणार्चितसेवितलिङ्गं भावैर्भक्तिभिरेव च लिङ्गम् ।
दिनकरकोटिप्रभाकरलिङ्गं तत् प्रणमामि सदाशिवलिङ्गम् ॥६ ॥
अष्टदलोपरिवेष्टितलिङ्गं सर्वसमुद्भवकारणलिङ्गम् ।
अष्टदरिद्रविनाशितलिङ्गं तत् प्रणमामि सदाशिवलिङ्गम् ॥७॥
सुरगुरुसुरवरपूजितलिङ्गं सुरवनपुष्पसदार्चितलिङ्गम् ।
परात्परं परमात्मकलिङ्गं तत् प्रणमामि सदाशिवलिङ्गम् ॥९॥
लिङ्गाष्टकमिदं पुण्यं यः पठेत् शिवसन्निधौ।
शिवलोकमवाप्नोति शिवेन सह मोदते॥