असार ९ गतेबाट चम्किन सक्छ यी ३ राशिका भाग्य, ग्रहका राजकुमार बुध देवको रहनेछ असीम कृपा

काठमाडौँ : – वैदिक ज्योतिष अनुसार जब कुनै ग्रहले गोचर गर्छ तब त्यसको प्रभाव मानव जीवन र पृथ्वीमा पर्छ। साथै यो गोचर कुनै व्यक्तिको लागि शुभ हुन्छ भने कसैका लागि अशुभ हुन्छ। ग्रहको राजकुमार बुध ग्रह आफ्नो स्वराशि मिथुन राशिमा प्रवेश गर्दैछ। जसको प्रभाव सबै राशिका मानिसहरुमा देखिनेछ। तर ३ राशिलाई बुधको गोचर लाभकारी सिद्ध हुन् सक्छ। यस समयमा उनीहरुको मनोकामना पूरा हुन सक्छ। धनलाभ र करियर- कारोबारमा सफलताको योग छ। आउनुहोस्, जानौँ ती भाग्यशाली राशिका बारेमा…

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कन्या राशिलाई बुध ग्रहको राशि परिवर्तन शुभ साबित हुन् सक्छ। बुधको गोचर कुण्डलीमा दशम भावमा हुँदैछ। त्यस्तै बुध ग्रह तपाईको लग्नको स्वामी हो। यसकारण तपाईले आफ्नो आत्मविश्वासमा वृद्धि भएको देख्न सक्नुहुन्छ। ठुल्ठुला मानिसहरुसँग तपाईको सम्बन्ध विस्तार हुन् सक्छ।

त्यस्तै यस समयमा तपाईको काम – कारोबारमा राम्रो सफलता प्राप्त हुन् सक्छ। आर्थिक स्थिति बलियो हुनेछ र तपाईले कतैबाट रोकिएको पैसा प्राप्त गर्न सक्नुहुनेछ। साथै, लामो समयदेखि जागिरको खोजीमा रहेका व्यक्तिहरूले यस समयमा नयाँ काम पाउन सक्छन्।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

तुला राशिका लागि बुधको गोचर अनुकूल साबित हुन सक्छ। बुध ग्रह तपाईको राशिबाट नवम भावमा भ्रमण गर्दैछ। साथै बुध ग्रह तुला राशिबाट १२ औँ भावको स्वामी हो। त्यसैले यस समयमा तपाईले भाग्यको साथ पाउनुहुनेछ। साथै यस समयमा तपाईले काम – कारोबारको सिलसिलामा यात्राको अवसर पनि पाउनुहुनेछ, जुन लाभकारी सिद्ध हुन् सक्छ।

व्यापार – व्यवसायमा संलग्नहरूले उच्च लाभ प्राप्त गर्नेछन्। यदि तपाई कुनै नयाँ काम गर्ने सोचमा हुनुहुन्छ भने यो समयमा सुरु गर्न सक्नुहुन्छ। साथै, यो समयमा तपाई आध्यात्मिकतासँग जोडिन सक्नुहुन्छ, जसले गर्दा तपाईले शान्ति प्राप्त गर्नुहुनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

बुध ग्रहको राशि परिवर्तन तपाईको लागि शुभ र फलदायी साबित हुन सक्छ। बुध ग्रह तपाईको राशिबाट छैठौँ भावमा गोचर गर्दैछ। साथै यो नवम भावको स्वामी पनि हो। त्यसैले यस समयमा तपाईले शत्रुहरूमाथि विजय हासिल गर्नुहुनेछ। साथै भाग्यले पनि साथ दिनेछ।

अड्डा-अदालतको मामिलामा तपाईले सफलता हासिल गर्नुहुनेछ। साथै यसैबीच कतै रोकिएको धन फिर्ता हुनेछ्छ। प्रेम सम्बन्धमा पनि जीवनसाथीसँग राम्रो मेलमिलाप हुनेछ।

प्रकाशित : मङ्गलबार, जेठ ३०, २०८०११:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मङ्गलको घरमा बन्दैछ ‘गजकेसरी राजयोग’, यी ३ राशिलाई छ आकस्मिक धनलाभसँगै भाग्योदयको प्रबल योग