काठमाडौँ : – वैदिक ज्योतिष अनुसार ग्रहहरुले समय- समयमा राशि परिवर्तन गरी शुभ र अशुभ योगको निर्माण गर्दछन्। जसको प्रभाव मानव जीवन र पृथ्वीमा देखिन्छ। बृहस्पति अहिले मेष राशिमा भ्रमण गरिरहेको छ र जेठ ३० गते मङ्गलबार चन्द्रमा मेष राशिमा प्रवेश गरेको छ।
जसकारण यी दुई ग्रहको मिलनबाट गजकेसरी राजयोगको निर्माण भएको छ। यो राजयोगलाई ज्योतिष शास्त्रमा निकै शुभ मानिएको छ। सैले यो राजयोगको प्रभावले ३ राशिका व्यक्तिलाई अचानक धन लाभ हुने योग बनिरहेको छ। जानौं यी भाग्यशाली राशिहरु कुन – कुन हुन् त ? …..
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मेष राशिका लागि गजकेशरी राजयोग शुभ साबित हुन सक्छ। किनकी यो गोचर तपाईको गोचर कुण्डलीको लग्न भावमा बन्दैछ। त्यसैले यो राजयोग तपाईको काम- कारोबारको हिसाबले शुभ साबित हुन् सक्छ। साथै यस समयमा दाम्पत्य जीवन राम्रो रहनेछ। यसका साथै तपाईको मन पनि प्रफुल्लित हुनेछ ।
सुख र साधनमा वृद्धि हुनेछ। अविवाहितहरूले वैवाहिक सम्बन्धको प्रस्ताव प्राप्त गर्न सक्छन्। यसका साथसाथै तपाईले आफ्नो आत्मविश्वासमा वृद्धि देख्नुहुनेछ। यस समयमा तपाईको स्वास्थ्यमा सुधार हुनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
गजकेसरी राजयोग तपाईको लागि लाभदायक साबित हुन सक्छ। किनकी यो योग तपाईको राशिबाट ११ औँ भावमा बन्दैछ। त्यसैले यस समयमा तपाईको आयमा उल्लेखनीय वृद्धि हुन् सक्छ।
साथै सुख- समृद्धि प्राप्त हुनेछ। साथै मान – सम्मान प्राप्त हुनेछ। सन्तानबाट शुभ समाचार प्राप्त गर्नुहुनेछ। साथै पुरानो लगानीबाट लाभ मिल्ने संकेत देखिन्छ ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
कर्कट राशिका लागि गजकेशरी राजयोग शुभ साबित हुन सक्छ। किनकी यो राजयोग तपाईको राशिको कर्म भावमा बन्दैछ। त्यसैले यस समयमा तपाईले काम-व्यवसायमा राम्रो सफलता पाउन सक्नुहुन्छ। बेरोजगार मानिसहरुले रोजगारीको अवसर पाउनेछन्।
बुद्धिको प्रयोग गरेर जुनसुकै काम गर्नुहोस्, त्यसमा सफलता मिल्नेछ। आर्थिक अवस्था मजबुत रहनेछ र कतैबाट रोकिएको धन प्राप्त गर्न सकिनेछ। साथै, व्यापारीहरूले यस समयमा आफ्नो व्यापार विस्तार गर्न सक्छन्।