काठमाडौँ : – सामान्यतया शनिको नाम सुन्नेबित्तिकै डरको स्थिति पैदा हुन्छ। यस्तो यसकारण पनि हुन्छ किनकी ज्योतिष शास्त्रमा शनि ग्रहलाई क्रूर या पापी ग्रह भनिएको छ। ज्योतिष शास्त्रका अनुसार शनि वक्री हुँदा शनिको शक्तिमा कमी आउँछ। यस अवधिमा शनिसँग सम्बन्धित काम लम्बिन सक्छ। त्यसैले शनिको उल्टो चालको अवस्थामा मानिसहरुलाई धैर्य र सतर्क रहन सल्लाह दिइन्छ। शनिको उल्टो चाल असार २ गते शनिबारदेखि सुरु भई असोज ३० गतेसम्म रहनेछ।
तर विशेष कुरा के छ भने यस पटक शनि वक्रीमा दुई सुपर राजयोग पनि बनिरहेका छन् । पहिलो सुपर राजयोग भदौ २५ गते बन्दैछ जब शनि, बृहस्पति र राहुको संयोग बन्नेछ। जबकि दोस्रो सुपर राजयोग असोज ९ गते बन्दैछ जब शनि, मङ्गल र राहुको संयोग बन्नेछ। यस अवधि मेष, मिथुन, सिंह र केही राशिका लागि राम्रो समय हुन् सक्छ। आउनुहोस्, यिनको बारेमा विस्तृतमा जानौँ।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मेष राशिका व्यक्तिहरुका लागि यस समय व्यापार – व्यवसायमा लाभको समय रहनेछ। कार्यक्षेत्रमा पदोन्नतिको अवसर मिल्नेछ। आकस्मिक धन लाभ हुने सङ्केत पनि देखिन्छ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
घरपरिवारबाट सहयोग मिल्नेछ र रोकिएका काम पूरा हुनेछन्। काममा आम्दानीका नयाँ स्रोत फेला पर्न सक्छन्। जीवनसाथीसँग राम्रो समय बित्नेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मिथुन राशिका व्यक्तिहरूले यस अवधिमा प्रायः सबै क्षेत्रमा सफलता हासिल गर्नेछन्। जीवनमा नयाँ अवसरको खोजीमा रहेका मानिसहरुले उत्कृष्ट फल प्राप्त गर्न सक्छन्।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
व्यापार – व्यवसायबाट प्रशस्त लाभ हुनेछ। नोकरीमा बढुवाको योग देखिन्छ। आफ्नो लागि घर – जग्गा किन्ने सपना साकार हुन् सक्छ। भाग्यले राम्रो साथ दिनेछ।
अर्कोतर्फ, यो समय केही राशिका लागि अलि चुनौतीपूर्ण हुन सक्छ। यसमा मुख्यतया कर्कट, मकर, कुम्भ र मीन राशि पर्दछन्। त्यसैले उनीहरुलाई सतर्क रहन सुझाव दिईन्छ।