हरेक दिन हुने ग्रह नक्षेत्रको आधारमा राशिफल निर्धारण गरिन्छ। जेठ महिनाको तेस्रो साता कुन – कुन राशिका व्यक्ति शुभ रहनेछ, हेर्नुहोस् साप्ताहिक राशिफल-
मिथुन राशि
साता निकै राम्रो छ। मान, सम्मान, इज्जत, प्रतिष्ठाहरु बढ्न जानेछन्। आफन्त परिजनको सहयोग प्राप्त होला। राजनीतिक क्षेत्र सामान्य छ। लेनदेनमा विचार पुर्याउनु होला। कतै हजुर आफुले गर्न खोज्नु भएको काममा भने साथ, सफलता, उन्नति, प्रगतिहरु मिल्न जाने देखिन्छ। कृषि क्षेत्र हजुरको लागि सामान्य देखिएको छ। नयाँ कार्यको थालनी हुन सक्नेछ। पारिवारिक सुख, शान्ति, समृद्धि छाउला। व्यापार व्यवसायमा भने निकै लाभको साता देखिन्छ।
धनु राशि
साता निकै राम्रो छ। रोकिएको काम बन्ला। नयाँ साथी बन्न जानेछन्। अध्यात्म क्षेत्रमा लाग्ने साता रहेको छ। शुभ कार्यमा सरिक हुने साता रहेको छ। खानपान र स्वास्थ्यमा भने निकै विचार पुर्याउनु पर्नेछ। पारिवारिक सुख, शान्ति, समृद्धि नहोला भन्न सकिन्न। कतै हजुर आफुले गर्न खोज्नुभएको काममा भने निकै राम्रो देखिन्छ। मान-सम्मान इज्जत प्रतिष्ठा बढ्न जानेछ। व्यापार व्यवसायमा मध्यम छ। यात्रा पनि सामान्य देखिएको छ। बुधबार, सोमबार र मंगलबार नयाँ कार्यको थालनी गर्नु भयो भने राम्रो देखिन्छ।
कुम्भ राशि
साता निकै राम्रो छ। रोकिएको काम मिल्न जाला। दाजुभाई कुल्कुटुम्बको सहयोग प्राप्त रहला। मान-सम्मान, इज्जत प्रतिष्ठा बढ्ने छन्। लेनदेनमा भने हजुरले निकै विचार पुर्याउनु पर्नेछ। दाम्पत्य जीवनमा सुख, शान्ति, समृद्धि मिल्ने छ। घर परिवारबाट पाउने सहयोग भने भरपुर रुपमा प्राप्त रहन सक्नेछ। पारिवारिक सुख, शान्ति, समृद्धिलाई भने ग्रहले निकै राम्रो साथ दिनेछ। राजनीतिक र सामाजिक क्षेत्र राम्रो छ। जागिरे पक्षको लागि यो साता मध्यम देखा परेको छ।
मीन राशि
यो साता काममा उन्नति प्रगति रहला। आफन्त परिजनको सहयोग प्राप्त रहला। दाजुभाई कुल्कुटुम्बको सहयोग मध्यम रुपमा प्राप्त हुनेछ। खानपानमा विचार पुर्याउनु पर्नेछ। बिद्या बुद्धि बढ्न जाला। राजनीतिक र सामाजिक क्षेत्र भने निकै राम्रो देखिन्छ। घरपरिवारबाट पाउने सहयोग भने भरपुर रुपमा प्राप्त रहला। स्वास्थ्यमा निकै विचार गर्नुहोला। मान-सम्मान, इज्जत प्रतिष्ठाहरु मिल्न जानेछन्। यात्रा हजुरको लागि मध्यम रहला।