हरेक दिन हुने ग्रह नक्षेत्रको आधारमा राशिफल निर्धारण गरिन्छ। जेठ महिनाको तेस्रो साता कुन – कुन राशिका व्यक्ति सावधान रहन पर्ने हुन्छ ? हेर्नुहोस् साप्ताहिक राशिफल-
मेष राशि
यो साता काममा बाधा व्यवधान आउन सक्नेछ। आर्थिक पक्ष मध्यम रहला। राजनीतिक क्षेत्रमा दौडधुपको साता बन्न जाला। स्वास्थ्यमा निकै विचार गर्नु पर्नेछ। आफन्त परिजनमा केहि बाधा र अप्ठ्यारा पक्ष रहन सक्नेछन्। मनमा कौतुहलता र चिन्ता नहोला भन्न सकिन्न। बिद्या बुद्धि बढ्न सक्नेछ। खानपानमा निकै विचार पुर्याउनु पर्ने साता रहेको छ। यात्रा हजुरको लागि मध्यम छ।
कन्या राशि
यो साता हजुरको लागि मध्यम देखिन्छ। पारिवारिक केहि तनाब र अप्ठ्यारो पक्ष रहला। मान-सम्मान, इज्जत प्रतिष्ठाहरु नबड्ला भन्न सकिन्न। खानपानमा भने हजुरले निकै विचार पुर्याउनु पर्नेछ। कृषि क्षेत्र हजुरको लागि धेरै राम्रो देखिन्छ। आर्थिक समृद्धि, उन्नति, प्रगतिको साता मिल्ला। दाम्पत्य जीवन मध्यम छ। रोकिएको काम मिल्ला। आफन्त कुलकुटुम्बको सहयोग भने निकै राम्रो देखिएको छ। यात्रा हजुरको लागि मध्यम छ। जागिरे पक्षको लागि राम्रो देखिन्छ।
मकर राशि
साता सामान्य छ। मनमा केहि बाधा र अप्ठयारा पक्षहरु नहोला भन्न सकिन्न। दाम्पत्य जीवनमा भने हजुरले निकै विचार पुर्याउनु पर्नेछ। कृषि क्षेत्रमा लाभ साता रहेको छ। पारिवारिक सुख, शान्ति, समृद्धि मिल्न जानेछ। घरपरिवार बाट पाउने सहयोग भने भरपुर रुपमा प्राप्त रहला। कतै हजुर आफुले गर्न खोज्नुभएको काममा भने राम्रै योगहरु देखिन्छ। लेनदेनमा हजुरले निकै विचार पुर्याउनु पर्नेछ। नयाँ सवारी साधनको योग बन्न जानेछ। देश विदेशबाट खुशीको खबर सुन्न पाउनु हुनेछ।