साताको अशुभ राशि: यस साता यी ५ राशि रहनुहोस् सावधान, कुन-कुन राशि ?

(साताको राशिफल : जेठ ६ देखि १२ गतेसम्म) हरेक दिन हुने ग्रह नक्षत्रको आधारमा राशिफल निर्धारण गरिन्छ। यस साता ग्रह नक्षत्रको हिसाबले कुन – कुन राशिका व्यक्ति सावधान रहन पर्ने हुन्छ ? हेर्नुहोस-

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

स्वास्थ्य पूरा राम्रो होलाजस्तो देखिन्न। आफ्नोमात्र नभएर घरपरिवारको स्वास्थ्यका कारण पनि खर्च भइरहला तर साताको पूर्वाद्र्धमा भने केही गतिला काम बनेर आर्थिक लाभसमेत गर्नुहुनेछ। व्यापार र व्यवसायमा तपाईंको बौद्धिक प्रतिभाले ठीक काम गर्ला।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

संयमित हुनुपर्ने समय छ। बाधा दिने तत्व प्रशस्त छन्। मद्दत गर्नेको सङ्ख्या कम छ। मानप्रतिष्ठा वृिद्ध होलाजस्तो देखिन्न। सुरुका दिनमा त सोचेकोभन्दा निकै नै आर्थिक हानिसमेत हुन सक्छ। बरु शैक्षिकसम्बन्धी काममा समय थप्नुहोस्।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

शनिबारको दिनमा निकै खर्च हुनेछ। आफ्नै खर्चले भोजभतेरको आयोजना गर्नुपर्ला जस्तो छ। मद्दत दिनेभन्दा खर्च गराउनेखालका मित्र धेरै छन् । खेलबाडतिर बढी मन नदिनुहोस् । आर्थिक हानिमात्र होलाजस्तो छ। मनमा निराशाका प्रवृत्ति बढी रहनेछन्।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

पूर्वाद्ध राम्रोखालको छ। सोचेकोभन्दा निकै काम बन्नेछन् तर मङ्गलबार र बुधबारका दिन भने निराशा दिनेखालका नै देखिन्छन्। स्वास्थ्यसम्बन्धी समस्या परिरहला। आफ्ना लागि भन्दा पनि परिवारका लागि बढी खर्च गर्नुपर्ने देखिन्छ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

सुरुको दिनमा स्वास्थ्यसम्बन्धी समस्या पर्न सक्छ। विशेषगरी पेटमा गडबड होला कि जस्तो छ। त्यसैले खानपानमा सतर्क हुनुहोस्। त्यसपछि बुधबारसम्मका दिनहरू सामान्य रूपले बित्नेछन् । हातले समातेको व्यवसायले थोरै भए पनि आर्थिक लाभ दिइरहनेछ।

प्रकाशित : सोमबार, जेठ ०८, २०८०११:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साताको शुभ राशि: यस साता यी ३ राशिलाई हुनेछ अत्यन्तै शुभ, कुन-कुन राशि ?