साताको शुभ राशि: यस साता यी ३ राशिलाई हुनेछ अत्यन्तै शुभ, कुन-कुन राशि ?

(साताको राशिफल : जेठ ६ देखि १२ गतेसम्म) हरेक दिन हुने ग्रह नक्षत्रको आधारमा राशिफल निर्धारण गरिन्छ। यस साता ग्रह नक्षत्रको हिसाबले कुन राशिलाई शुभ हुनेछ  ? हेर्नुहोस-

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

सातालाई राम्रै रूपमा लिन सकिन्छ। सुरुको दिनमा इष्टमित्रसँग भेटघाट हुने र रमाइलोसमेत गरिएला । आर्थिक हानि देखिन्न। बरु कुनै माङ्गलिक कामको व्यस्ततामा समय बितिरहला। पढाइ एवम् शैक्षिक कार्यमा समेत पहिलेको भन्दा गतिशीलता बढ्नेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

पूर्वाद्ध राम्रोखालको छ। सोचेकोभन्दा निकै काम बन्नेछन् तर मङ्गलबार र बुधबारका दिन भने निराशा दिनेखालका नै देखिन्छन्। स्वास्थ्यसम्बन्धी समस्या परिरहला। आफ्ना लागि भन्दा पनि परिवारका लागि बढी खर्च गर्नुपर्ने देखिन्छ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

साताका मङ्गलबारबाहेक अरू दिन राम्राखालका छन्। सोचेकोजति नभए पनि सामान्य किसिमको आर्थिक लाभ भइरहला। घरपरिवारमा राम्रो वातावरण रहला भने मित्रहरूले पनि सहयोग गरिरहनेछन्। विशेषगरी व्यापार, व्यवसायमा क्रमिक सुधार हुने देखिन्छ।

प्रकाशित : सोमबार, जेठ ०८, २०८०१३:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि मंगलबार कस्तो हुनेछ दिन ? हेर्नुहोस् राशिफल !