साप्ताहिक राशिफल: यस साता शुभ-अशुभ कस्तो रहला दिनहरु, हेर्नुहोस् साप्ताहिक राशिफल !

काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ भने कुन राशिका व्यक्तिले समस्याको सामना गर्न पर्ने हुन्छ ?

मेष राशि 

यस हप्ता अत्यन्त भाग्यशाली महसुस गर्नुहुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ र कार्यक्षेत्रमा पनि सफलता मिल्नेछ । गोप्य धन प्राप्तिको सम्भावना छ तर यात्रा गर्दा सावधानी अपनाउनु होला ।

वृष राशि

 यो साता कार्यस्थलमा मान प्रतिष्ठामा वृद्धि हुने संकेत दिइरहेको छ । परिवारसँगको सम्बन्ध घनिष्ट हुनेछ । शारीरिक दुखाइ हुनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ।

मिथुन राशि

यो साता भाग्यले विशेष साथ दिने संकेत गरिरहेको छ। कतै लगानी गर्ने योजना बनाउन सक्नुहुन्छ । यो साता अचानक धेरै परिवर्तनहरू देखिनेछन्। पाहुनाबाट शुभ समाचार प्राप्त हुनेछ । आमाबुवाको स्वास्थ्यमा ध्यान दिनुहोला ।

कर्कट राशि 

बिगतमा गरेका राम्रा कामहरूबाट यस हप्ता पुरस्कृत हुने संकेत गर्दछ। कार्यस्थलमा आर्थिक लाभ हुनेछ। प्रेम सम्बन्ध बलियो हुनेछ, यदि तपाईं अविवाहित हुनुहुन्छ भने यो आफ्नो मनको कुरा गर्ने राम्रो समय हो। पित्त-कफ असंतुलनका कारण स्वास्थ्यमा असर पर्नेछ।

सिंह राशि

 यो साता आफ्नो हैसियत र प्रतिष्ठा जोगाउनका लागि सबै प्रयासहरू गर्नुहुनेछ भन्ने सङ्केत गर्दछ किनभने लुकेका शत्रुहरूले तपाईंलाई सताउन सक्दो प्रयास गर्नेछन्। तेस्रो व्यक्तिको कारण दाम्पत्य जीवनमा विवाद हुनसक्छ। मुटु र पेट सम्बन्धी समस्या आउन सक्छ।

कन्या  राशि 

यो साता आत्मविश्वास बढ्ने संकेत छ, जसका कारण कार्यक्षेत्रमा राम्रो प्रदर्शन गर्नुहुनेछ। खर्च बढ्नाले चिन्ता बढ्नेछ । परिवारसँग समय बित्नेछ। दाम्पत्य जीवनमा सुख मिल्नेछ।

तुला राशि

कार्यक्षेत्रमा तपाईको सल्लाहका कारण उच्च अधिकारीबाट प्रशंसा मिल्ने संकेत गर्दछ। दाम्पत्य जीवनमा उदासीनता अनुभव हुनेछ। छोटो यात्राको सम्भावना छ, तर स्वास्थ्यमा सावधान रहनुहोस्। उच्च रक्तचाप र हृदय रोगको सम्भावना छ।

वृश्चिक राशि

यो साता दिमागको कसरत गर्न र भविष्यका लागि योजना बनाउनको लागि राम्रो रहेको संकेत गर्छ। आर्थिक अवस्था राम्रो रहनेछ । परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ। मातृपक्षबाट सहयोग मिल्नेछ । पुरानो घाउ फेरि देखिनेछ र भावनात्मक पीडा निम्त्याउनेछ। पेटको समस्या रहनेछ ।

धनु राशि

यो साता तपाईको जीवनमा प्रेमको प्रभाव रहने संकेत गरिरहेको छ। पुराना समस्या समाधान हुनेछन् र सम्बन्ध सुधार हुनेछ। साताको मध्यमा लाभ हुने हुँदा मन प्रसन्न रहनेछ। प्रेम सम्बन्धि कामका लागि राम्रो समय रहेको छ ।

मकर राशि 

यो साता साहस र चलाखताको बलमा क्षेत्रमा सफलता हात पार्ने सङ्केत गरिरहेको छ। यो साता विवेकको कुरा सुनेर हिँड्नु राम्रो हुनेछ। दाम्पत्य जीवन र स्वास्थ्य सामान्य रहनेछ। लगानी योजना बनाउनको लागि समय अनुकुल रहेको छ ।

कुम्भ राशि 

यो साता केही ठूला समाचारहरू आउँदैछ, जसले तपाईलाई विचलित पार्ने संकेत गर्छ। क्रोधमा, तपाईं आफैलाई ठूलो हानि गर्न सक्नुहुन्छ। राजनीतिक कार्यमा सफलता मिल्नेछ । यात्रामा चोटपटकको सम्भावना छ, सावधान रहनु होला । यो साता धर्मप्रतिको झुकाव बढ्नेछ ।

मीन राशि 

यो साता बाल्यकालको कुनै सम्झना वा व्यक्तिले तपाईको मनलाई खुशीले भर्ने संकेत गरिरहेको छ। आर्थिक अवस्था सामान्य रहनेछ तर घरको सजावट वा मर्मतमा खर्च हुनेछ । स्वास्थ्यसँग सम्बन्धित पुरानो रोगबाट केही राहतको अनुभव गर्नुहुनेछ। परिवारबाट माया र सहानुभूति प्राप्त गर्न पाउँदा खुसी हुनेछ।

प्रकाशित : आइतबार, बैशाख ३१, २०८००८:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साताको शुभ राशि: यस सता यी ५ राशिलाई हुनेछ अत्यन्तै शुभ, हेर्नुहोस् कुन-कुन राशि ?