काठमाडौँ : – हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ ? हेर्नुहोस्-
वृष राशि
यो साता कार्यस्थलमा मान प्रतिष्ठामा वृद्धि हुने संकेत दिइरहेको छ । परिवारसँगको सम्बन्ध घनिष्ट हुनेछ । शारीरिक दुखाइ हुनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ।
मिथुन राशि
यो साता भाग्यले विशेष साथ दिने संकेत गरिरहेको छ। कतै लगानी गर्ने योजना बनाउन सक्नुहुन्छ । यो साता अचानक धेरै परिवर्तनहरू देखिनेछन्। पाहुनाबाट शुभ समाचार प्राप्त हुनेछ । आमाबुवाको स्वास्थ्यमा ध्यान दिनुहोला ।
कन्या राशि
यो साता आत्मविश्वास बढ्ने संकेत छ, जसका कारण कार्यक्षेत्रमा राम्रो प्रदर्शन गर्नुहुनेछ। खर्च बढ्नाले चिन्ता बढ्नेछ । परिवारसँग समय बित्नेछ। दाम्पत्य जीवनमा सुख मिल्नेछ।
धनु राशि
यो साता तपाईको जीवनमा प्रेमको प्रभाव रहने संकेत गरिरहेको छ। पुराना समस्या समाधान हुनेछन् र सम्बन्ध सुधार हुनेछ। साताको मध्यमा लाभ हुने हुँदा मन प्रसन्न रहनेछ। प्रेम सम्बन्धि कामका लागि राम्रो समय रहेको छ ।
मकर राशि
यो साता साहस र चलाखताको बलमा सफलता हात पार्ने सङ्केत गरिरहेको छ। यो साता विवेकको कुरा सुनेर हिँड्नु राम्रो हुनेछ। दाम्पत्य जीवन र स्वास्थ्य सामान्य रहनेछ। लगानी योजना बनाउनको लागि समय अनुकुल रहेको छ ।