संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

काठमाडौँ : – संखुवासभाको भोटखोलामा शुक्रबार दिउँसो सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ।

भोटखोला गाउँपालिका-४, सिप्रुङमा अरुण माथिल्लो जलविद्युत् आयोजनाको सामग्री बोकेको सिम्रिक एयरको हेलिकप्टर केही समय अघि दुर्घटनामा परेको हो।

संखुवासभाको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर लामाका अनुसार भोटखोला-४ सिप्रुङमा हेलिकप्टर दुर्घटनामा परेको जनाईएको छ।

सञ्चारमाध्यमहरुका अनुसार हेलिकप्टरमा चालकसहित ४ जना रहेको बताइए पनि औपचारिक विवरण भने आउन बाँकी छ।

प्रकाशित : शुक्रबार, बैशाख २२, २०८०१४:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :