दुइ दिनपछि मे महिना सुरु हुँदै, कस्तो रहला यस महिना, हेर्नुहोस् मासिक राशिफल !

मे महिना सुरु हुन लागेको छ। मे महिनामा शुक्र, मंगलसँगै शुक्रले आफ्नो राशि परिवर्तन गर्दैछ। यी ग्रहहरूको स्थिति परिवर्तनले प्रत्येक राशिको जीवनलाई असर गर्न सक्छ। त्यो असर शुभ-अशुभ दुवै हुने गर्दछ। जान्नुहोस् मे महिना कुन राशिलाई शुभ हुनेछ भने कुन राशिका व्यक्ति सावधान रहन पर्ने हुन्छ?

मेष राशि

महिनाको प्रारम्भमा मन प्रसन्न रहनेछ। दाम्पत्य सुखमा वृद्धि हुनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। आपसी सद्भाव रहनेछ। संगीतमा झुकाव बढ्न सक्छ। साथीको आगमन हुन सक्छ। मे १५ देखि सन्तानको स्वास्थ्यमा सुधार आउनेछ। मे २२ गतेदेखि शैक्षिक कार्यमा सुधार आउनेछ। सन्तान सुखमा वृद्धि होला। धर्मप्रति भक्ति रहनेछ। काममा प्रगतिको बाटो खुल्नेछ। आम्दानी बढ्नेछ।

वृष राशि 

वृष राशि हुनेहरुको लागी यो महिना पदोन्नति रहनेछ। व्यापर ठीक रहनेछ । कृषि मध्यम रहनेछ। कुनै मित्रबाट सहयोग प्राप्त हुनेछ। पितालाई स्वास्थ्य सबन्धि समस्या रहनेछ। मातालाई धार्मिक यात्रा हुनेछ। राजनीतिमा रुचि बढ्नेछ । शिव आराधना लाभदायी रहनेछ।

मिथुन राशि 

मिथुन राशिहरुको लागी यो महिना समस्या आउने छ। व्यापार ठीक रहनेछ । कृषिमा समस्या आउनेछ। जागीरमा अधिकारी वर्गबाट सहयोग प्राप्त हुनेछ। मित्रतामा कष्ट आउनेछ। परिवारसँग सम्बन्ध ठीक हुनेछ। राधा-श्रीकृष्णको आराधना लाभदायी रहनेछ।

कर्कट राशि 

कर्कट राशिहरुको लागी यो महिना सामाजिक प्रतिष्ठा रहनेछ। व्यापारमा लाभ मिल्नेछ। कृषि मध्यम रहनेछ। जागीरमा उन्नति हुनेछ। तीर्थयात्राको योग बन्नेछ। बहिनीलाई पारिवारिक कष्ट हुनेछ। श्रीकृष्ण आराधना लाभदायी रहनेछ।

सिंह राशि

सिंह राशिहरुको लागी यो महिना राजनीतिक उन्नति रहनेछ। पारिवारिक सदस्यबाट समस्या रहनेछ। व्यापार सामान्य रहनेछ। जागीरमा समस्या आउनेछ। कुनै अनजान व्यक्तिसँगको भेट फाईदाजनक रहनेछ। देवी आराधना लाभदायी रहनेछ।

कन्या राशि 

कन्या राशिहरुलाई यो महिना भूमि-भवनको समस्या हुनेछ । व्यापार राम्रो रहनेछ। जागीरमा उन्नति हुनेछ । परिवारबाट सहयोग प्राप्त हुनेछ। पत्नीको शारीरिक कष्ट रहनेछ । कुनै धार्मिक यात्राको योग बन्नेछ । भगवान शिवको उपासना गर्नुहोस्।

तुला राशि 

तुला राशिहरुको लागी यो महिना भौतिक सुख वाला रहनेछ । कृषिमा उन्नति हुनेछ। व्यापारले राम्रो लाभ दिनेछ। जागीरमा स्थान परिवर्तनको योग छ। माताबाट सहयोग प्राप्त हुनेछ। भाईको परिवारबाट समस्या आउनेछ। गायत्री मन्त्र लाभदायी रहनेछ।

वृश्चिक राशि 

वृश्चिक राशिहरुलाई यो महिना आर्थिक समस्या हुनेछ। व्यापारमा हानि हुन सक्छ। कृषि ठीक रहनेछ। जागीरमा साथिहरुबाट सहयोग प्राप्त हुनेछ। कुनै कार्यबाट सामाजिक यात्रा हुनेछ । पिताको स्वास्थ्यमा समस्या आउनेछ । हनुमानजीको आराधना लाभदायी रहनेछ ।

धनु राशि 

धनु राशिहरुलै यो महिना पारिवारिक सुख  मिल्नेछ। व्यापार राम्रो रहनेछ। कृषि मध्यम रहनेछ। जागीरमा समस्या आउनेछ। पत्नीबाट सहयोग प्राप्त हुनेछ भाईलाई पारिवारिक कष्ट रहनेछ। नयाँ सवारी साधन किन्ने योग छ । गुरु आराधना लाभदायी रहनेछ।

मकर राशि 

मकर राशिहरु यो महिना कानुनी कामबाट विजय हुनेछ। व्यापार ठीक रहनेछ । कृषि राम्रो रहनेछ। जागीरमा उन्नति हुनेछ। पत्नीलाई शारीरिक कष्ट रहनेछ । कुनै मित्रबाट सहयोग प्राप्त हुनेछ । शिव-शक्ति आराधना लाभदायी रहनेछ ।

कुम्भ राशि 

कुम्भ राशिहरुलाई यो महिना सन्तानबाट सुख प्राप्त हुनेछ। व्यापार सामान्य रहनेछ। कृषि लाभ हुनेछ । जागीरमा साथीहरुबाट समस्या आउनेछ। राजनीतिमा रुचि बढ्नेछ । कुनै नयाँ क्षेत्रमा उन्नति हुनेछ। श्रीकृष्ण आराधना लाभदायी रहनेछ।

मीन राशि 

मीन राशिहुनेहरुको लागी यो महिना पारिवारिक कष्ट हुनेछ। व्यापारमा समस्या आउनेछ। कृषिबाट मध्यम फल दिनेछ। जागीरमा स्थान परिवर्तन हुनेछ। मातालाई शारीरिक कष्ट रहनेछ। साथिहरुबाट सहयोग प्राप्त हुनेछ । मानसिक समस्या आउनेछ।

प्रकाशित : शुक्रबार, बैशाख १५, २०८००८:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महिनाको अशुभ राशि: मे महिना यी राशिका व्यक्ति रहनुहोस् सावधान !