पर्सीदेखि वक्री बुधले मच्चाउनेछ उथल-पुथल : यी ५ राशिका जीवनमा दुखले दिनेछ दस्तक, हुनेछ ठूलो नोक्सान

काठमाडौँ : ज्योतिष शास्त्र अनुसार ग्रहको गोचर र तिनको चाललेस सबै १२ वटै राशिहरुमा शुभ र अशुभ प्रभाव पार्छ। बैशाख ८ गते (२१ अप्रिल) शुक्रबार बुद्धि र ज्ञानको स्वामी मानिने बुध ग्रह मेष राशिमा वक्री हुँदैछ। यहाँ जेठ १ गते (१५ मे) सोमबारसम्म यहीँ स्थितिमा रहनेछ र त्यसपछि मार्गी हुनेछ। यस्तो अवस्थामा यसको नराम्रो प्रभाव पाँच राशिका देखिनेछ। त्यसैले यस समयावधिमा यस राशिका जातक अत्यन्त सचेत रहन आवश्यक छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका लागि वक्री वक्रीले अशुभ समाचार ल्याउनेछ। आमन्त्रित नगरिएका पाहुनाहरूले तपाईको जीवनमा समस्या सिर्जना गर्न सक्छन्। आफ्नै मान्छेहरुले तपाई विरुद्ध षड्यन्त्र गर्न सक्छन्। यस्तो अवस्थामा तपाईले सावधानी अपनाउनुपर्नेछ। कसैलाई आँखा चिम्लिएर विश्वास नगर्नुहोस्। आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला। अनावश्यक खर्चमा ध्यान राख्नुहोस्। अन्यथा आर्थिक संकटको सामना गर्नु पर्नेछ ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

बुध वक्री हुँदा कर्कट राशिका लागि करियरमा समस्या ल्याउनेछ। बेरोजगारले रोजगारी पाउने छैनन्। पहिलेदेखि नै काम गरिरहेकाहरुले कार्यालयमा समस्या भोग्नेछन्। बोससँग तपाईको झगडा हुन् सक्छ। आफ्नो बोलीमा नियन्त्रण गर्नुहोस्। नत्र तपाईको हातबाट काम फुत्किन सक्छ। व्यापारमा पनि ठूलो घाटा हुनेछ। स्वास्थ्यमा विशेष ध्यान दिनु पर्ने देखिन्छ। लामो यात्रा नगर्नुहोस्।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

बुधको वक्री चालले सिंह राशिको जीवनमा उथलपुथल सिर्जना गर्न सक्छ। जीवन साथीसँगको सम्बन्धमा तिक्तता आउन सक्छ। परिवारमा मनमुटाव बढ्न सक्छ। अनावश्यक खर्च बढ्न सक्छ। शत्रुहरुले तपाईलाई हानि पु¥याउने प्रयास गर्न सक्छन्। व्यापारमा घाटा हुनसक्छ। मानिसहरूले तपाईलाई मन पराउनेछैनन्। समाजमा तपाईको प्रभाव घट्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। कसैलाई पैसा सापटी नदिनुहोस्।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

बुधको वक्री गोचरले तुला राशिका जातकमा नराम्रो प्रभाव पार्नेछ। तपाईको जीवनमा खराब दिनहरू सुरु हुनेछन्। बन्दै गईरहेका कामहरु पनि बिग्रनेछन्। तपाई एक्लै पर्नुहुनेछ। प्रेम सम्बन्धमा ठूलो धक्का लाग्न सक्छ। वैवाहिक जीवनमा अवरोध आउन सक्छ। स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ। पुरानो रोगले तपाईलाई फेरि सिकार बनाउन सक्छ। लामो यात्रा नगर्नुहोस्।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

धनु राशिका व्यक्तिका लागि वक्री बुध राम्रो साबित हुने छैन। तपाईको घरमा पाहुना आउनेछन् र घरमा झगडा गराउनेछन्। यस्तो अवस्थामा तपाई कसैको बहकाउमा नआउनुहोला। आफ्नो रिसलाई पनि नियन्त्रण गर्नुपर्छ। अन्यथा पछि पछुतो हुन् सक्छ। परिवारमा नकारात्मक उर्जा बढी रहनेछ। यस्तो अवस्थामा आफ्नो दिमागलाई सकारात्मक राखेर परिस्थितिलाई नियन्त्रण गर्न सकिन्छ।

प्रकाशित : बुधबार, बैशाख ०६, २०८०१२:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अक्षय तृतीयाको पूर्वसन्ध्यामा बन्दैछ अखण्ड साम्राज्य राजयोग : रातदिन पैसासँग खेल्नेछन् यी राशिले, हुनेछ तगडा कमाई