अक्षय तृतीयाको पूर्वसन्ध्यामा बन्दैछ अखण्ड साम्राज्य राजयोग : रातदिन पैसासँग खेल्नेछन् यी राशिले, हुनेछ तगडा कमाई

काठमाडौँ : – ग्रहको गोचरले अक्सर हाम्रो जीवनमा गहिरो प्रभाव छोड्छ। यो महिना बैशाख ९ गते शनिबार गुरु ग्रह मेष राशिमा गोचर गर्दैछ। यसको भोलिपल्ट बैशाख १० गते आइतबार अक्षय तृतीया पनि परेको छ। यस्तो अवस्थामा यो स्थितिले अखण्ड साम्राज्य राजयोगको निर्माण गरिरहेको छ। यस राजयोगबाट तीन राशिका व्यक्तिलाई आर्थिक लाभ मिल्नेछ। उनीहरुले यो महिनाभर पैसै-पैसासँग खेल्नेछन्।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

अखण्ड साम्राज्य राजयोगको कारण मिथुन राशिका मानिसहरुको जीवनमा धेरै सकारात्मक परिवर्तन आउनेछ। उनीहरुको आर्थिक अवस्था पहिलेको भन्दा बलियो हुनेछ। उनको जीवनमा पैसा कमाउने धेरै अवसरहरू आउनेछन्। उनीहरुले ती अवसरहरु चिन्न सक्नुपर्छ। सही समयमा यसको फाइदा लिनुहोस्। त्यसपछि बारम्बार पैसा उनीहरुका थैलामा आउनेछ।

जग्गाजमिनको मामिलामा पनि लाभ मिल्नेछ। अदालतमा मुद्दाहरू उनीहरूको पक्षमा आउनेछन्। जागिर गर्नेहरूले पदोन्नति पाउन सक्छन्। कामको सिलसिलामा वैदेशिक यात्रा पनि हुनसक्छ । व्यापार-व्यवसाय गर्नेहरुले मनग्य आम्दानी गर्नेछन्। थोरै दिमाग लगाएर आफ्नो बिक्री बढाउन सक्नुहुन्छ। आकस्मिक धन प्राप्तिको सम्भावना पनि सृजना भएको छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिका व्यक्तिहरूले अखण्ड साम्राज्य राजयोगको पूर्ण लाभ प्राप्त गर्नेछन्। उनीहरुको पैसाको समस्या सदाको लागि हट्नेछ। धनको मामिलामा भाग्यले यिनलाई साथ दिनेछ। पैसा कमाउने धेरै अवसरहरू प्राप्त हुनेछन्।यसमा राम्रो कामको प्रस्ताव पनि समावेश छ। यससँगै पुरानो रोकिएको पैसा पनि फिर्ता हुनेछ ।

मातापिताबाट धन आर्जन गर्न सकिनेछ। जीवनसाथीले तपाईलाई आर्थिक लाभ पनि दिनेछन्। साथै सन्तानबाट पनि धन प्राप्ति हुनसक्छ । यति मात्र होइन, आफ्ना साथीहरूसँग भेटघाटले तपाईंलाई पैसा कमाउने नयाँ बाटोहरू पनि खोल्न सक्छ। नयाँ घर तथा सवारी साधनको सुख पनि प्राप्त गर्न सकिनेछ। विलासी जीवन प्राप्त गर्न सकिनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

मकर राशिका मानिसहरूलाई अखण्ड साम्राज्य राजयोगबाट विशेष लाभ मिल्नेछ। काममा प्रगति हुनेछ। तपाईको काम देखेर खुशी भई बोसले तपाईको तलब बढाउनेछन्। सरकारी जागिरको लागि प्रयास गर्ने व्यक्तिले सफलता हात पार्नेछन्। व्यापारमा ठुलो डिल हासिल गर्न सक्नुहुनेछ। नयाँ व्यापार सुरु गर्नको लागि पनि समय राम्रो छ।

कामको शिलशिलामा लामो यात्रामा जानुपर्ने हुनसक्छ। यो यात्राले तपाईलाई ठूलो आर्थिक लाभ दिनेछ। सापटी दिएको पैसा फिर्ता हुन् सक्छ। कतै पैसा लगानी गर्न चाहनुहुन्छ भने समय राम्रो छ। आफन्तबाट धन लाभ हुनेछ। तपाईले मिहिनेतको फल प्राप्त गर्नुहुनेछ। आफ्नो कामको उचित नतिजा प्राप्त हुनेछ। घरमा माता लक्ष्मीको आगमन हुनेछ।

प्रकाशित : बुधबार, बैशाख ०६, २०८०१४:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सन् २०२५ सम्म सम्हालिएर रहनुस् यी ३ राशिका जातक, शनिदेवले जीवनमा मच्चाउनेछ उथल-पुथल