अक्षय तृतीया : १२५ वर्षपछि बन्दैछ पञ्चग्रही राजयोग, सुनचाँदीसँग खेल्नेछ यी राशिले, चम्किनेछ भाग्य

काठमाडौँ : – प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व अर्को हप्ता आइतबार सातु र सर्वत दान एवं सेवन गरी मनाइनेछ।

शास्त्रीय विधानअनुसार आइतबार सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ ।

दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ ।

पुरोहितलाई पनि पुजेर शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौँको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ ।

यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्यकर्म कहिल्यै नाश नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ ।

जौँको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिककालदेखिको परम्परा हो ।

गर्मीबाट शरीरलाई बचाउन दुवै चिजले सहयोग गर्ने र यसबाट शक्तिसमेत प्राप्त हुन्छ। शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ ।

‘वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरे पनि धेरै फल प्राप्त हुने र यो अक्षय अर्थात् कहिल्यै नाश नहुने भएकाले आजको दिनलाई अक्षय तृतीया भनिएको हो, ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् पहिले शरीरको रक्षा गर अनि मात्र धर्मको साधना गर भन्ने उक्तिलाई पनि यसले चरितार्थ गर्छ।’

यस दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ । यस दिन बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ ।

यस्तो दान असहाय एवं विपन्न वर्गलाई पनि गरिन्छ । सत्य युगमा यसै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । यसैले विवाहका लागि यस दिन लग्न तथा साइत हेर्नु नपर्ने मान्यता पनि छ ।

त्रेतायुगको प्रारम्भ पनि यसै दिनदेखि भएको शास्त्रीय वचन छ । यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको हो ।

यस दिन १२५ वर्षपछि पञ्चग्रही राजयोग बन्दैछ। यस दिन मेष राशिमा सूर्य, बुध, गुरु, राहु र अरुणले पञ्चग्रही राजयोगको निर्माण गर्दैछ। यसको पाँच राशिले सबैभन्दा बढी लाभ प्राप्त गर्नेछन्।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

अक्षय तृतीयादेखि मेष राशिको शुभ दिन सुरु हुनेछ। यस राशिका जातकले जहाँ पैसा लगानी गर्छन्, त्यहाँबाट भरपूर लाभ प्राप्त गर्नेछन्। नयाँ व्यवसाय सुरु गर्ने यो उपयुक्त अवसर हो। जागिरमा पदोन्नति मिल्न सक्छ। नयाँ कामको प्रस्तावले तपाईको भाग्य बदल्नेछ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ। तपाईको घरमा धेरै खुशी आउनेछ। अचानक मनग्य धन लाभ हुनसक्छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका व्यक्तिहरूले पञ्चग्रही राजयोगबाट विशेष लाभ पाउनेछन्। यिनको जीवनका सबै दुख-दर्दहरु समाप्त हुनेछन्। स्वास्थ्य अवस्था राम्रो रहनेछ। पुराना रोगहरुको अन्त्य हुनेछ। जीवनसाथीसँगको सम्बन्ध सुमधुर हुनेछ। काममा प्रगति हुनेछ। आम्दानीका नयाँ श्रोत मिल्नेछ। घरजग्गाको मामिलामा निर्णय तपाईको पक्षमा हुनेछ। लामो यात्रामा जान सकिनेछ। घरमा माङ्गलिक कार्य हुनेछन्। भगवानको आशीर्वाद रहिरहनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिका व्यक्तिहरूले पनि १२५ वर्षपछि बन्ने यो राजयोगको अधिकतम लाभ प्राप्त गर्नेछन्। अड्डा-अदालती मामिलाहरुमा निर्णय तपाईकै पक्षमा हुनेछन्। भाग्यले साथ दिनेछ। तपाईले जुन काममा हात हाल्नुहुन्छ ती काम सफल हुनेछन्। कामको सिलसिलामा वैदेशिक यात्रामा जान सकिनेछ। विवाहको योग बन्न सक्छ। स्वास्थ्य सम्बन्धि शुभ समाचार मिल्नेछ। सन्तानको सुख मिल्नेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिका व्यक्तिहरूलाई अक्षय तृतीयाको दिन आर्थिक लाभ मिल्नेछ। पैसा कमाउने धेरै अवसरहरू प्राप्त हुनेछन्। यत्ति धेरै पैसा आउँछ कि उनीहरूले सम्हाल्न सक्ने छैनन्। शत्रु तपाईको अगाडि हार स्वीकार गर्न बाध्य हुनेछन्। अविवाहितहरूले आफ्नो मनपर्ने जीवनसाथी पाउनेछन्। घरमा समृद्धि आउनेछ। लडाई – झगडा समाप्त हुनेछ। धार्मिक यात्रामा जान सकिनेछ ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

वृश्चिक राशिका व्यक्तिहरूलाई अक्षय तृतीयामा धेरै लाभ मिल्नेछ। उनीहरूले छिट्टै नयाँ घर वा सवारी साधनको फाइदा लिन सक्छन्। स्वास्थ्य सम्बन्धि शुभ समाचार प्राप्त हुनेछन्। यिनको काम काज राम्रै चल्नेछ। भाग्यले साथ दिनेछ। नोकरी तथा व्यवसायमा लाभ हुनेछ। प्रियजनबाट माया र साथ मिल्नेछ। घरजग्गाको मामिलामा निर्णय तपाईको पक्षमा हुनेछ।

प्रकाशित : बुधबार, बैशाख ०६, २०८०१०:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पर्सीदेखि वक्री बुधले मच्चाउनेछ उथल-पुथल : यी ५ राशिका जीवनमा दुखले दिनेछ दस्तक, हुनेछ ठूलो नोक्सान