सूर्यग्रहणमा २ अशुभ योगको छाया, ३ राशिलाई बढ्न सक्छ कठिनाई

काठमाडौँ : यहीँ वैशाख ७ गते बिहिबार सूर्यग्रहण लाग्दैछ। यद्यपि यो ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष लाग्नेछैन।

वैशाख कृष्णपक्षको मातातीर्थ औँसीका दिन वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि पर्दैन्।

यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले तीन वटै सूर्यग्रहण बार्नु पर्दैन्। तीन वटै सूर्यग्रहणको दोष नेपालीलाई लाग्दैन ।

कात्तिक ११ गते लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिन्छ। यसमा भने दोष लाग्ने भएकाले बार्नुपर्छ। वैशाख ७ गते लाग्ने सूर्यग्रहण चीन, मङ्गोलियालगायत देशबाट देखिनेछ।

यो सूर्यग्रहण बिहान ७:१९ बजेदेखि दिउँसो १२:४४ मिनेटसम्म रहनेछ। सूर्यग्रहण मेष राशि र अश्विनी नक्षत्रमा लाग्दैछ। ज्योतिषीहरूका अनुसार सूर्यग्रहण दुई अत्यन्तै अशुभ योगको छायामा लाग्ने भएकाले धेरै राशिका लागि चिन्ताजनक हुनसक्छ। आउनुहोस् जानौँ सूर्यग्रहणसँगै हुने अशुभ योगहरु र कुन राशिका मानिसहरुको समस्या बढ्छ।

सूर्यग्रहणको दिन सूर्य अशुभ ग्रह राहुसँगै आफ्नो उच्च मेष राशिमा विराजमान हुनेछ। सूर्य र राहु बाहेक बुध पनि यस राशिमा हुनेछ। दोस्रो, मङ्गल बुधको स्वामित्व भएको मिथुन राशिमा हुनेछ। ज्योतिष शास्त्रमा मङ्गललाई मेष राशि र बुधलाई मिथुन राशिको स्वामी मानिन्छ। त्यसैले मङ्गल र बुध एकअर्काको राशिमा भएकाले ग्रहण योग बनिरहेको छ। सूर्यग्रहणको दिन बन्ने यी दुवै योगलाई निकै अशुभ मानिन्छ।

यी ३ राशिलाइ बढ्नेछ कठिनाई : – 

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – 

मेष राशिको लग्न भावमा सूर्यग्रहण लाग्दैछ। सूर्यग्रहणको समयमा बन्ने यी दुवै अशुभ योग मेष राशिका व्यक्तिका लागि समस्या बन्न सक्छन्। स्वास्थ्यमा हानि हुन सक्छ। मानसिक तनाव बढ्न सक्छ। बन्दै गरेका काम रोकिनेछन्। व्यापारमा एक गलत निर्णयले तपाईलाई ठूलो घाटातर्फ धकेल्न सक्छ। काममा पनि ठूलो संकट आउन सक्छ ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : – 

सूर्यग्रहणको समयमा बन्ने अशुभ योगले तपाईको जीवनमा उतारचढाव ल्याउन सक्छ। घरेलु समस्या बढ्न सक्छ। यो अशुभ अवधिले धेरै समस्यालाई सँगै निम्त्याउने जस्तो देखिन्छ। क्रोध र हतारमा तपाईले गलत निर्णय लिन सक्नुहुन्छ, जसले तपाईलाई ठूलो समस्यामा फसाउन सक्छ। धनको अभाव हुनसक्छ। खर्च बढ्न सक्छ। घरको आर्थिक अवस्था बिग्रन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : – 

कन्या राशिका व्यक्तिहरूले सूर्यग्रहणको समयमा धेरै सावधानी अपनाउनुपर्नेछ। तपाईले एकै समयमा धेरै समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। आर्थिक अवस्था बिग्रन सक्छ। पुरानो रोग बल्झिन सक्छ र कठिनाई बढाउन सक्छ। परिवारमा कुनै कुरालाई लिएर कलह हुन सक्छ। अफिसका व्यक्तिहरूसँगको सम्बन्ध पनि बिग्रन सक्छ। पद-प्रतिष्ठामा क्षति पुग्न सक्छ। स्वास्थ्यमा बढी ख्याल गर्नुपर्नेछ।

प्रकाशित : मङ्गलबार, बैशाख ०५, २०८०११:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अक्षय तृतीया : १२५ वर्षपछि बन्दैछ पञ्चग्रही राजयोग, सुनचाँदीसँग खेल्नेछ यी राशिले, चम्किनेछ भाग्य