बैशाख ५ गतेको राशिफल : मङ्गलबार ३ राशिलाई प्रतिकूल छ समय, बाँकी राशिका दिन कस्तो रहला ?

पञ्चाङ्ग : – 
\\ दिन : मंगलवार \\ तिथि : त्रयोदशी १३:०२ बजेसम्म, त्यसपछी चतुर्दशी \\ नक्षत्र : उत्तरभाद्रपदा ००:५८ बजेसम्म, त्यसपछी रेवती \\ योग : ऐन्द्र १८:१० बजेसम्म, त्यसपछी वैधृति \\ करण : वणिज १३:०२ बजेसम्म, त्यसपछी भद्रा ००:०८ बजेसम्म, त्यसपछी शकुनि \\ वैशाख ०५, २०८०, मंगलवार \\ १८ अप्रिल सन् २०२३ \\ त्रयोदशी, वैशाख कृष्णपक्ष \\ चौलागा, ११४३ ने.सं. \\ सूर्योदय (sunrise) : – ५:३९ \\ सूर्यास्त(sunset) : – १८:२९ \\ कार्यक्रमहरू : मातातिचह्रे पूजा,  विश्व सम्पदा दिवस(International Day For Monuments and Sites) \\

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

हानिकारक विचार, व्यवहार र आयोजनबाट टाढा रहनुहोला। शारीरिक थकान एवम्  व्याकुलता बढ्नेछ। स्वास्थ्य स्वस्थ रहनेछ। कार्यमा  सरलता मिल्नेछ। प्रतिस्पर्धिसँग वाद-विवाद टाल्नुहोला। मध्यान्नपछि परिस्थितिमा सुधार आउनेछ। आर्थिक योजनालाई ठीक तरिकाले सम्पन्न गर्न सक्नुहुनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

सरकार विरोधी कार्य एवम् प्रवृत्तिबाट टाढा रहनुहोला। नयाँ कार्य प्रारम्भ नगर्नुहोला। स्वास्थ्य  बिग्रिन सक्ला। मनमा केहि निराशा रहनेछ। बोलि र व्यवहारमा विशेष ध्यान दिनुहोला। व्यवसायमा आपत्ति खडा हुनेछ। सन्तानको विषयमा चिन्ता रहनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

दिन सुख-शान्तिपुर्वक बित्नेछ। दैनिक कार्यमा नफस्नुहोला। मनलाई प्रसन्न र हल्का गर्नको लागि मनोरंजको सहारा लिनुहुनेछ। आफन्त वा मित्रलाई पनि यस आनन्दमा सहभागी बनाउनुहुनेछ। मध्यान्नपछि मन चिन्ताग्रस्त रहनेछ। संवेदनशीलताको मात्रा बढ्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

आर्थिक लाभ हुनेछ। व्यवसायको लागि दिन लाभदायी रहेको छ। कार्यको सफलताको कारण पदोन्नति र यश प्राप्त हुनेछ। मध्यान्नपछि मनोरंजनको लागि कतै जाने अवसर प्राप्त गर्नुहुनेछ। व्यापारमा साथीसँग लाभदायी विचार-विमर्श हुनेछ। दाम्पत्यजीवन आनन्दमय रहनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

साहित्य-कला  प्रति तपाईको रुचि रहनेछ। पेट सम्बन्धित व्याधिले शरीर अस्वस्थ रहनेछ। मध्यान्नपछि आर्थिक संकट अन्त्य हुनेछ। घरको वातावरण आनन्दमय रहनेछ।  स्वास्थ्य शुभ रहनेछ। व्यवसायबाट लाभ हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

शारीरिक र मानसिक रूपले स्वस्थता बनाईराख्नुहोला। आमाको स्वास्थ्य बिग्रिन सक्ला। आफन्तबाट आपत्तिजनक प्रसंग आउन सक्छ।  धनहानिको योग रहेको छ। सन्तानको अभ्यास र स्वास्थ्यको विषयमा चिन्ता रहनेछ। क्रोधमा ध्यान राख्नुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

नयाँ कार्य आरम्भ गर्नको लागि अनुकुल दिन रहेको छ। आध्यात्मिक विषय तथा गूढ रहस्य तर्फ आकर्षण रहनेछ। मध्यान्नपछि स्फूर्ति र प्रसन्नताको अभाव रहनेछ।  घरमा झगडाको वातावरण रहनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

परिवारसँग झगडा वा मन दुख्ने प्रसंग आउनेछ। कार्यमा अपेक्षित सफलता मिल्नेछैन। मनमा  द्विधा  रहनेछ। कार्यभार अधिक रहनेछ। मध्यान्नपछि तपाईको मनबाट ग्लानिलाई टाढा राखेर आनन्द र प्रसन्न रहनुहुनेछ। मित्र र आफन्तसँग मेलमिलाप बढ्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आर्थिक लाभ मिल्नेछ। आफन्तको घर मांगलिक प्रसंगमा  उपस्थित रहनुहुनेछ। दाम्पत्यजीवनमा  सुख र आनन्द मिल्नेछ। मध्यान्नपछि  परिवारसँग कुनै कारणवश भ्रान्ति खडा हुनेछ।  मनमा  निश्चित निर्णय लिनुहुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

मनमा निराशा रहनेछ। जसकारण  शारीरिक स्वास्थ्यमा  कुप्रभाव पर्नेछ। बोलि र व्यवहारमा ध्यान राख्नुहोला। अकस्मात नहोस् यस कुराको ध्यान राख्नुहोला। मध्यान्नपछि  स्वास्थ्यमा सुधार हुनेछ। मनमा प्रसन्नता छाईरहनेछ। पारिवारिक वातावरण राम्रो रहनेछ। धर्म-ध्यान र दयाभावना बढ्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

दिन लाभदायी रहेको छ। सामाजिक र आर्थिक क्षेत्रमा प्रगति गर्नुहुनेछ। अपरिचित पात्रको लागि परिणाम प्राप्त गर्ने योग रहेको छ। मध्यान्नपछि स्वास्थ्य बिग्रिन सक्नेछ। परिवारमा मन दुख्ने प्रसंग आउनेछ। पैसाको अधिक खर्च हुनेछ। अदालती कार्यलाई सम्हालेर गर्नुहोला। स्वभावमा उग्रता र क्रोध रहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईको विचारमा दृढता अधिक रहनेछैन। व्यवसायमा उच्च अधिकारीबाट लाभ हुनेछ। पदोन्नति हुने योग रहेको छ। व्यापार सम्बन्धित आयोजन हुनेछ। परिवारमा सुख-शान्ति रहनेछ। दिन  आर्थिक, सामाजिक र पारिवारिक दृष्टिकोणले तपाईको लागि लाभदायी रहेको छ।

प्रकाशित : सोमबार, बैशाख ०४, २०८०२०:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सूर्यग्रहणमा २ अशुभ योगको छाया, ३ राशिलाई बढ्न सक्छ कठिनाई