अक्षय तृतीयाको दिन गर्नुहोस् यस्ता काम, कहिले पनि हुनेछैन धनको कमी

हिन्दू धर्ममा अक्षय तृतीयाको विशेष महत्व रहेको छ । अबूझ मुहूर्तको कारण यस दिनलाई निकै शुभ दिन मानिएको छ। अक्षय तृतीयाको पवित्र पर्व प्रत्येक वर्षको वैशाख शुक्ल पक्षको तेस्रो दिन मनाइन्छ । यस वर्ष, अक्षय तृतीयाको पर्व यस वर्ष बैशाख १० गते आइतबार मनाइँदै छ। यस पवित्र दिनमा स्नान, दान, धर्म र कर्मको धेरै महत्त्व रहेको छ ।

अक्षय तृतीयाको दिन लक्ष्मी र भगवान विष्णुको पूजा–आराधनाको विशेष महत्व रहेको छ । अक्षय तृतीयाका दिन विधिपूर्वक लक्ष्मी र भगवान विष्णुको पूजा–आराधना गर्नुपर्छ । यस दिन केही उपाय गर्नाले माता लक्ष्मीको विशेष कृपा प्राप्त हुने जनविश्वास रहेको छ ।

घरमा सफा राख्नुहोस्

अक्षय तृतीयाको शुभ दिनमा घरको सरसफाईमा विशेष ध्यान दिनुपर्छ । यस दिन घरलाई राम्ररी सफा गर्नुहोस्। यस दिन घरमा गंगा जल छर्कनु अत्यन्तै शुभ मानिन्छ । धार्मिक मान्यता अनुसार जहाँ सरसफाइ राखिन्छ, त्यही घरमा लक्ष्मीको वास हुन्छ ।

अक्षय तृतीयाको दिन कुनै पनि प्रकारको झगडा वा विवादबाट टाढा रहन भनिएको छ । कलह भएको घरमा माता लक्ष्मीको बास हुँदैन । राम्रो वातावरण भएको घरमा माता लक्ष्मीको वास हुन्छ, जहाँ परिवारका सदस्यहरू एक अर्काको सम्मान – मायाले बस्छन्।

अक्षय तृतीयाको दिन सात्विक भोजन गर्नुपर्छ । यस दिन भोजन गर्नुअघि भगवानलाई भोग अर्पण गर्नुहोस्। अक्षय तृतीयाको शुभ दिनमा तामसिक भोजन, मासु र मदिरा सेवन गर्नु हुँदैन । यस दिन आफ्नो कुल देवको पूजा गर्नुपर्छ।

प्रकाशित : आइतबार, बैशाख ०३, २०८०१८:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यहीँ वैशाख ७ गते सूर्यग्रहण लाग्दै, यसको दोष नेपालीले बार्नु पर्छ कि पर्दैन ?