गुरु गोचर : यी राशिका घरमा छाउनेछ खुशीयाली, बढ्नेछ धनागमन, चम्किनेछ भाग्य

काठमाडौँ : – ज्योतिष शास्त्रका अनुसार ग्रहहरूको स्थितिमा हुने परिवर्तनले हाम्रो जीवनमा गहिरो प्रभाव पार्छ। बैशाख ९ गते शनिबार गुरु मेष राशिमा गोचर गर्दैछ। गुरुलाई ज्ञान, वृद्धि, शिक्षा, सन्तान, परोपकार, पिता-पुत्र जस्ता चीजहरूसँग जोडेर हेरिन्छ। गुरुको राशि परिवर्तनले जातकलाई हरेक क्षेत्रमा लाभ प्रदान गर्दछ। उनीहरुलाई धन र भाग्यको मामिलामा पनि फाईदा हुन्छ। बृहस्पतिको यो गोचरले तीन खास राशिलाई गहिरो लाभ दिनेछ। त्यसोभए जानौँ ती भाग्यशाली राशिहरु कुन-कुन हुन् त ?

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

बृहस्पति गोचरले मेष राशिका व्यक्तिहरूलाई आर्थिक लाभ दिनेछ। पैसा सम्बन्धी धेरै राम्रो अवसर प्राप्त हुनेछन्। उनीहरुको मासिक आम्दानी बढ्नेछ ।  कतैबाट अचानक ठूलो धन प्राप्त हुनेछ। राम्रो कामको प्रस्ताव प्राप्त हुनेछ। नयाँ व्यापार सुरु गर्नको लागि उत्तम समय छ।  भाग्यले साथ दिनेछ। जीवनमा पैसाको कमी कहिल्यै हुँदैन।

प्रेम र दाम्पत्य सम्बन्धमा सफलता मिल्नेछ। विशेष गरी जो अझैँ अविवाहित छन् उनीहरूले आफ्नो मनपर्ने जीवन साथी पाउनेछन्। घरमा धेरै खुशीयाली आउनेछ। तपाईले सोचेभन्दा राम्रो जीवन तपाईको लागि पर्खिरहेको छ। समाजमा तपाईको प्रतिष्ठा बढ्नेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

बृहस्पतिको गोचरले सिंह राशिका लागि राम्रो समय ल्याउनेछ। सन्तानबाट लाभ मिल्नेछ। जीवनसाथीसँगको सम्बन्धमा सुधार आउनेछ। घुम्नको लागि लामो यात्रामा जान सकिनेछ। पुराना साथीभाइसँग भेटघाट लाभदायक हुनेछ।काममा प्रगति हुनेछ । व्यापारमा लाभ बढ्नेछ । स्वास्थ्य सम्बन्धी सबै चिन्ता हट्नेछ।

धनसम्बन्धी सम्पूर्ण समस्याहरु समाधान हुनेछन्। धन आर्जनको नयाँ अवसर मिल्नेछ। तपाईको घरमा नयाँ पाहुना आउन सक्छन्। उनीहरुको आगमनबाट धन लाभ हुनेछ। नयाँ घर वा सवारी साधन खरिद गर्न सकिनेछ। घरमा खुशीको माहोल रहनेछ। शत्रुले तपाईको अगाडि हार स्वीकार गर्नेछन्।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

धनु राशिका लागि गुरुको गोचरबाट धेरै लाभ मिल्नेछ। उनीहरुको ज्ञानमा वृद्धि हुनेछ। पिता र पुत्रबीच सम्बन्ध राम्रो बन्नेछ। कामको सिलसिलामा वैदेशिक यात्रामा जान सकिनेछ। समाजमा तपाईको मान प्रतिष्ठा बढ्नेछ। घरमा खुशीको वर्षा हुनेछ। भाग्यले साथ दिनेछ। घरमा शुभ कार्य हुनेछन् ।

विवाहको योग बन्न सक्छ। घरजग्गासँग सम्बन्धित मामिलाहरूमा निर्णय तपाईको पक्षमा हुनेछन्। बिस्तारै बिस्तारै जीवनका सबै दु:ख समाप्त हुनेछन्। प्रियजनबाट माया र सम्मान प्राप्त हुनेछ। यदि तपाई कतै पैसा लगानी गर्न चाहनुहुन्छ भने, यो सही समय हो। प्रेम सम्बन्धमा भाग्यले साथ दिनेछ। स्वास्थ्य राम्रो रहनेछ।

प्रकाशित : शनिबार, बैशाख ०२, २०८०१६:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजदेखि ५ दिनसम्म लाग्दैछ पञ्चक, गर्नुहुँदैन यी विशेष शुभ कार्य