आजदेखि ५ दिनसम्म लाग्दैछ पञ्चक, गर्नुहुँदैन यी विशेष शुभ कार्य

काठमाडौँ : – पञ्चकलाई चन्द्रमाको स्थितिमा आधारित गणना पनि भनिन्छ । जब चन्द्रमा कुम्भ र मीन राशिमा रहन्छ, त्यो समयलाई ‘पञ्चक’ भनिन्छ । प्रत्येक महिनामा पञ्चक फरक-फरक हुन्छ । कुनै महिनामा परेको पञ्चकमा शुभ कार्य गर्नुहुँदैन ।

ज्योतिषअनुसार पञ्चकलाई अशुभ र हानिकारक नक्षत्र मानिन्छ । पञ्चकअन्तर्गत धनिष्ठा, शतभिषा, उत्तरा भाद्रपद, पूर्वा भाद्रपद र रेवती नक्षत्र आउँछन् । यिनै नक्षत्र मिलेर बन्ने विशेष योगलाई नै पञ्चक भनिन्छ ।

आइतबार बेलुकादेखि धनिष्ठा पञ्चक लाग्नेछ। लोकप्रिय ज्योतिषाचार्य डा. सुनील सिटौलाका अनुसार आज बेलुका ६ बजेदेखि धनिष्ठा पञ्चक लाग्नेछ। ज्योतिषाचार्य सिटौलाका अनुसार पञ्चक लागेपछि निम्न कार्यहरु गर्नुहुँदैन्।

काठ काट्ने, चारपाई बनाउने, दक्षिण दिशाको यात्रा गर्ने, दुकान, घर आदिको छत् बनाउने, चटाई आदि बुन्ने, बस्ने गद्दिको निर्माण आदि कार्य गर्न निषेध मानएको छ। सामान्यतया पञ्चकमा कुनै विशेष कार्य गरिदैन। त्यसैले मानिसहरु पञ्चकमा नयाँ काम वा कुनै शुभ कार्य गर्दैनन्।

तर यि कार्यहरु गर्न हुन्छ : मुहूर्त ग्रन्थमा विवाह, मुण्डन, गृह मुहूर्त, गृह प्रवेश र रक्षा बन्धन आदि कार्यमा पञ्चक निषेधबारे केही विचार गरिदैन। यि दिनमा विधिवत नक्षत्र पूजा गर्न, ब्राह्मणलाई भोजन गराउन, दान दिन उत्तम कर्म मानिन्छ।

प्रकाशित : आइतबार, बैशाख ०३, २०८००९:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सुरु भयो ‘मृत्यु पञ्चक’ : अबको ४ दिनसम्म भुलेर पनि नगर्नुस् यी काम, हुनेछ भारी नोक्सान