काठमाडौँ : – वैदिक ज्योतिष अनुसार ग्रह कुमार, युवा र वृद्ध अवस्थामा गोचर गर्छन्। जसमा ग्रहले युवावस्थामा सबैभन्दा छिटो र शुभ फल प्रदान गर्छन्। धन र वैभावको दाता शुक्र ग्रह बैशाख ४ गते (१७ अप्रिल) सोमबार आफ्नो युवा अवस्थामा गरेको छ। यसको मतलब यो १२ देखि १८ डिग्रीसम्म भ्रमण गर्नेछ। जसबाट ४ राशिका जातकले यस समयावधिमा धनलाभ र मान – सम्मान प्राप्त गर्छन्। आउनुहोस् जानौँ ती भाग्यशाली राशिहरु कुन-कुन हुन् त …
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका व्यक्तिका लागि युवा अवस्थामा शुक्र ग्रहको गोचर शुभ साबित हुन् सक्छ। किनकी शुक्र ग्रह तपाईको धनको भावमा गोचर गर्नेछ। यो स्वगृही हुन्छ दाम्पत्य जीवनको मालिक हुन्छ। त्यसैले यस समयमा तपाईलाई अचानक धन – लाभ हुन् सक्छ। कुमार तथा कुमारीहरुले विवाहको प्रस्ताव पाउन सक्छन्। साथै यस अवधिमा तपाईले जीवनसाथीको भरपूर साथ-सहयोग प्राप्त गर्नुहुनेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका मानिसहरुलाई शुक्र ग्रह युवा अवस्थामा लाग्नु अनुकूल सिद्ध हुन् सक्छ। शुक्र ग्रह वृष राशिबाट लग्न भावमा भ्रमण गर्नेछ र त्यहाँ यिनले एक मालव्य राजयोग पनि बनाएको छ। त्यसैले यस समयमा तपाईको आयमा वृद्दि हुन् सक्छ। साथै पुरानो लगानीबाट पनि तपाईलाइ लाभ हुने योग छ। साथै यसमा तपाईले कुनै विलासिता वस्तु खरिद गर्नुहुनेछ। अड्डा-अदालतका मामिलामा यस समयमा सफलता मिल्नेछ। साथै तपाईको व्यक्तित्वमा पनि निखारता आउनेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

धनका दाता शुक्र ग्रह युवा अवस्थामा भ्रमण गर्नु कर्कट राशिका जातकलाई लाभप्रद साबित हुन् सक्छ। शुक्र ग्रह तपाईको गोचर कुण्डलीको ११ औँ भावमा गोचर गर्नेछ। त्यसैले यस समय तपाईको आयमा उल्लेखनीय वृद्दि हुनेछ। साथै आयका नयाँ श्रोतहरू सृजना गर्नुहुनेछ। तपाईको भौतिक सुख-सुविधा बढ्नेछ। आयात-निर्यातका व्यापारमा संलग्न मानिसहरुले यस समयमा राम्रो धन-लाभ गर्नेछन्।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिका लागि शुक्र ग्रह युवा अवस्थामा गोचर हुनु लाभदायक सिद्ध हुन् सक्छ। शुक्र ग्रह तपाईको गोचर कुण्डलीको कर्म भावमा भ्रमण भईरहेको छ। त्यसैले यो समयमा रोजगारी गर्नेहरुको तलबवृद्दि र बढुवा हुन् सक्छ। यस समयमा तपाईको सम्पूर्ण कार्यहरु सिद्ध हुनेछन्। मनोकामना पनि पूरा हुनेछन्। व्यापारी तथा व्यवसायीहरुलाई मनग्यै धन-लाभ हुनेछ। नयाँ कार्य सुरुवात गर्नको लागि यो समय राम्रो छ।
