वैशाख महिना ५ राशिमा वर्षिनेछ सूर्यदेवको प्रकोप: आउँदो एक महिना मडारिनेछ खतराको बादल: कुन-कुन राशि ?

काठमाडौँ : – ज्योतिष शास्त्रका अनुसार ग्रहहरूको गोचरले १२ वटै राशिहरुमा शुभ वा अशुभ प्रभाव पार्छ। बैशाख १ गते शुक्रबार ग्रहको राजा सूर्य मेष राशिमा गोचर गरेको छ। सूर्य पूरा एक वर्षपछि यस राशिमा आएको हो। सूर्य मेष राशिमा एक महिना बसेपछि वृष राशिमा प्रवेश गर्नेछ। धेरै राशिका व्यक्तिहरूले यसबाट लाभ उठाउनेछन्। तर केही यस्ता राशिहरु पनि जसले हानि-नोक्सानी ब्होर्नुपर्नेछ। उनीहरुले  विशेष सावधानी अपनाउनुपर्छ। आउनुहोस्, जानौँ कुन-कुन राशि आउँदो एक महिना सतर्क रहनुपर्छ त।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका लागि सूर्यको गोचर मिश्रित फलदायी रहनेछ। यी राशिले केही चीजमा लाभ हासिल गर्नेछन् भने केही चीजमा हानि हुनेछ। पैसाको मामिलामा यिनको हात यो महिनाभर खाली रहन सक्छ। व्यापार तथा जागिरमा घाटा हुन् सक्छ। आफ्नो स्वभाव सुधार्न आवश्यक छ। विशेषगरी आफ्नो रिसलाई नियन्त्रण गर्न सिक्नुहोस्। जेठ १ गतेसम्म कुनै पनि नयाँ व्यापार-व्यवसाय सुरु नगर्नुहोस्। बन्दै गरेका काम पनि बिग्रन सक्छन्।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

सूर्यको राशि परिवर्तन वृष राशिका लागि अशुभ साबित हुनेछ । व्यापारमा ठुलो नोक्सान हुन सक्छ । कसैलाई पैसा सापटी नदिनुहोस्। पैसा कतै लगानी नगर्नुहोस्। आफ्नो बहुमूल्य चीजहरू सुरक्षित राख्नुहोस्। समाजमा तपाईको इज्जत घट्न सक्छ। त्यसकारण तपाईको इज्जतलाई खतरामा पार्ने कुनै पनि काम नगर्नुहोस्। आफ्नो बोली र क्रोधलाई नियन्त्रण गर्नुहोस्। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कन्या राशिमा सूर्यको गोचरको नकारात्मक प्रभाव देखिनेछ। तपाईको घरमा सुख शान्ति भंग हुन सक्छ। प्रियजनसँग झगडा हुन सक्छ। भाग्यले साथ दिनेछैन। महत्वपूर्ण काममा बाधा आउन सक्छ। शत्रुले तपाईलाई समाप्त पार्ने योजना बनाउन सक्छ। साथीले तपाईलाई धोका दिन सक्छन्। प्रेममा असफलता हात लाग्नेछ। वैवाहिक जीवनमा बाधा आउनेछ। यात्रा नगर्नुहोस्।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

सूर्यको राशि परिवर्तनले मकर राशिका व्यक्तिहरूको जीवनमा खराब समय ल्याउनेछ। तपाई भित्र-भित्रै रिसले आगो बन्नुहुनेछ। त्यसैले तपाईले आफ्नो रिसलाई काबूमा राख्न आवश्यक देखिन्छ। अन्यथा तपाई समस्यामा पर्न सक्नुहुन्छ। यसबाहेक खर्चमा पनि कटौती गर्नुपर्नेछ। जागिर तथा व्यापारमा केही समस्याको सामना गर्नु पर्नेछ । मानिसहरुले तपाईको काम र व्यवहार मन पराउने छैनन्। समाजमा तपाईको प्रभाव घट्न सक्छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मीन राशिका व्यक्तिहरूका लागि यो महिना दुःख र समस्याले भरिपूर्ण रहनेछ। प्रियजनबाट धोका हुनेछ। व्यापारमा घाटा हुनेछ। बोस तपाईसँग रिसाउन सक्छ। हाकिमसँग वादविवाद नगर्नुहोस्, अन्यथा तपाईंले आफ्नो जागिर गुमाउनु पर्नेछ। आर्थिक संकटको सामना गर्न सकिनेछ। लामो यात्रा शुभ रहनेछैन। आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला। बाहिर खाने र पिउने नगर्नुहोस्। शत्रुबाट सावधान रहनुहोस्।

प्रकाशित : शनिबार, बैशाख ०२, २०८०१०:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बैशाख ४ गतेबाट चम्कियो यी राशिका भाग्य, धनका दाता शुक्र ग्रहले बनाउनेछ धनलाभ र भाग्योदयको योग