बैशाख ८ गते बुध वक्री हुँदै, यी राशिका जीवनमा के-कस्ता प्रभाव पर्ला ?

काठमाडौँ : – यो महिना बैशाख ८ गते शुक्रबार दिउँसो १ बजेर ४० मिनेटमा बुध ग्रह मङ्गलको मेष राशिमा वक्री हुनेछ। बुध ग्रह वक्री हुँदा सबै १२ वटै राशिहरुसहित देश-दुनियाँमा यसको शुभ र अशुभ प्रभाव देखिनेछ। वास्तवमा कुनै पनि ग्रह वक्री हुँदैनन्, यो एक भ्रामक स्थिति हो। जस्तै, नजिकैको बस चल्दा हामीलाई हामी चढेको बस चलिरहेको झैं महसुस हुन्छ, ठिक त्यस्तै अवस्था हो।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिमा बुध हुँदा मङ्गलको पनि प्रभाव देखिनेछ। मेष राशिमा बुधको उपस्थितिको अर्थ यस्तो व्यक्तिको व्यक्तित्व धेरै बलियो हुन्छ र विद्वान पनि हुन्छन्। तर यदि जन्मकुण्डलीमा बुध पीडित अवस्थामा छन् भने त्यसको फलस्वरूप ती व्यक्तिले ऋण र कैद भोग्नु पर्ने हुन्छ।

राजनीति र धर्म : – धार्मिक कार्यमा मानिसको रुचि बढ्नेछ। सरकारमा सङ्कट आउन सक्छ। विदेशी शक्तिले समस्या सिर्जना गर्नेछ। पक्ष-विपक्षबीच वाद विवाद बढ्नेछ।

व्यापार : –  बुध वक्री हुँदा व्यापारको क्षेत्रमा मन्दी आउन सक्छ। उत्पादनमा ह्रास आउन सक्छ। विशेष गरी मनोरञ्जन र रचनात्मक कार्यहरूसँग सम्बन्धित व्यवसायहरू बिस्तारै बन्द हुने स्थितिमा आउँछन्।

जागिर : – रचनात्मक क्षेत्रमा गिरावट आउने सङ्केत छ। कलाकार, चित्रकार, सङ्गीत निर्देशक आदिले काममा केही बाधा र ढिलाइको सामना गर्नु पर्नेछ।

प्रकाशित : शनिबार, बैशाख ०२, २०८००९:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

वैशाख महिना ५ राशिमा वर्षिनेछ सूर्यदेवको प्रकोप: आउँदो एक महिना मडारिनेछ खतराको बादल: कुन-कुन राशि ?