उच्च राशिमा प्रवेशपछि शक्तिशाली बन्यो सुर्यदेव, १ महिनासम्म यी राशिलाई हुनेछ अथाह धन-लाभ

काठमाडौँ : सूर्यलाई सबै ग्रहहरुको राजा मानिन्छ। सूर्य मेष राशिमा उच्च हुन्छ भने तुला राशिमा नीच हुन्छ। सूर्य आफ्नो उच्च राशिमा प्रवेश गर्दा अझ शक्तिशाली बन्छ। बैशाख १ गते(१४ अप्रिल) शुक्रबार सूर्य आफ्नो उच्च राशि मेषमा प्रवेश गरेको छ। ज्योतिष शास्त्र अनुसार यो गोचरले लगभग सबै राशिका व्यक्तिको जीवनमा सकारात्मक प्रभाव पार्नेछ। विशेषगरी तीन राशिमा सूर्य गोचरको शुभ प्रभाव पर्नेछ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

सूर्यदेव मेष राशिमै प्रवेश गर्दैछ। यो गोचरले यस राशिका व्यक्तिको जीवनमा महत्वपूर्ण प्रभाव पार्नेछ। कार्यस्थलमा वादविवाद वा झगडा हुने प्रबल सम्भावना छ। त्यसैले तपाई सतर्क रहन् आवश्यक देखिन्छ। सरकारी क्षेत्रसँग सम्बन्धित जातकले राम्रै लाभ प्राप्त गर्नेछन्। व्यापार व्यावसायमा लागेकाहरुले पनि लाभको विशेष अवसर प्राप्त गर्नेछन्। मिहिनेतको फल मिल्नेछ।

आर्थिक दृष्टिकोणले यो समयावधि राम्रो रहनेछ। घर परिवारको माहोल सुखद् रहनेछ। परन्तु प्रेम सम्बन्धको लागि यो गोचर त्यति राम्रो देखिँदैन्। यो अवधिमा आफ्नो पार्टनरसँग वादविवाद नगर्नुहोस्। स्वास्थ्य राम्रो रहनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका जातकले यस अवधिमा वैदेशिक क्षेत्रबाट राम्रो लाभ प्राप्त गर्नेछन्। यो गोचर तपाईको करियरमा अपार सफलता दिने साबित हुनेछ। कार्यस्थलमा शत्रुबाट नोक्सान हुने सम्भावना देखिन्छ, सतर्क रहनुहोस्। व्यापार-व्यवसायीले सफलता पाउनको लागि कडा मेहनत गर्नुपर्नेछ। जागिरेहरुले आफ्नो कार्यक्षमता बढाउनु पर्नेछ। आर्थिक हिसाबले सूर्यको गोचर तपाईको लागि लाभदायी साबित हुनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिका जातकहरु ठूलो धन राशि आर्जन गर्नमा सफल हुनेछन्। आर्थिक अवस्था पहिलेभन्दा मजबूत हुनेछ। कार्यस्थलमा तपाईले प्रतिष्ठित एवं प्रभावशाली व्यक्तिसँग भेट गर्ने मौका पाउनुहुनेछ। जुन भेट तपाईको करियरको लागि फाइदाजनक हुनेछ। व्यापारीका लागि सूर्यको गोचर शुभ साबित हुनेछ। प्रेम सम्बन्धको लागि यो गोचर खासै राम्रो छैन। स्वास्थ्य राम्रो रहनेछ।

प्रकाशित : शुक्रबार, बैशाख ०१, २०८०११:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गुरु अस्ताउँदा बैशाख १८ गतेसम्म रहनेछ गुरूको बाल्य दोष, यस अवधिमा गर्नुहुन्न पूजापाठ तथा धार्मिक कार्य