काठमाडौँ : – ज्योतिष शास्त्र अनुसार ग्रहहरुको गोचरले हाम्रो जीवनमा गहिरो प्रभाव पार्छ। अब शुक्र ग्रहलाई नै हेर्नुहोस्। यदि यो ग्रह हाम्रो राशिमा मजबूत छ भने धन, प्रेम, सुख, विलासी जीवन र सौभाग्य प्राप्त हुन्छ। गत चैत्र २३ गते(अप्रिल ६ तारिख) शुक्र वृष राशिमा प्रवेश गरिसकेको छ। यसको शुभ प्रभाव पाँचवटै राशिमा देखिनेछ। त्यसो भए जानौं ती भाग्यशाली राशिहरू कुन-कुन हुन् त ?
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
शुक्र गोचरका कारण वृष राशिका व्यक्तिले प्रशस्त लाभ पाउनेछन्। उनीहरुलाई कहिल्यै पैसाको कुनै कमी हुँदैन्। कानून र अड्डा – अदालतसँग सम्बन्धित मामिलाहरुमा निर्णय तपाईकै पक्षमा हुनेछ। जीवनमा सकारात्मक परिवर्तन आउनेछन्। विवाहको योग बन्नेछ। स्वास्थ्य राम्रो रहनेछ। घरमा लक्ष्मीको आगमन हुनेछ। भाग्यले साथ दिनेछ। बिग्रिएको काम पनि बन्नेछ। प्रेम सम्बन्धमा सफलता मिल्नेछ। शत्रु परास्त हुनेछन्।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
कर्कट राशिका लागि शुक्र गोचरबाट धेरै लाभ मिल्नेछ। भाग्यले उनीहरूलाई यति धेरै साथ दिनेछ कि थोरै प्रयासमा राम्रो नतिजा प्राप्त हुनेछ। यसका साथै यस राशिका व्यक्तिले मनग्गे धन आर्जन गर्नेछन्। उनीहरुले धन आर्जन गर्ने प्रशस्तै अवसरहरु पाउनेछन्। उनीहरुका जीवनका सम्पूर्ण दुख-दर्दहरु बिस्तारै समाप्त हुनेछन्। नोकरीमा पदोन्नति हुनेछ। व्यापारमा लाभ बढ्नेछ । कामको सिलसिलामा विदेश जान सकिनेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
शुक्र गोचरका कारण सिंह राशिका व्यक्तिहरुले यो महिना शुभ समाचार प्राप्त गर्न सक्छन्। सन्तानहरुबाट धन लाभ हुन् सक्छ। नयाँ कामको प्रस्ताव आउन सक्छ। व्यापार विस्तार हुनेछ। घर-जग्गासँग सम्बन्धित मामिलाहरुमा निर्णय तपाईकै पक्षमा हुनेछ। अविवाहितहरुको विवाहको योग बन्न सक्छ। भाग्यले तपाईलाई हरपल साथ दिनेछ। धार्मिक यात्रामा जान सकिनेछ ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
कन्या राशिका लागि शुक्रको गोचरले धेरै लाभ दिनेछ। नयाँ घरको सुख पाउन सक्छन्। घर-जग्गासँग सम्बन्धित मामिलामा निर्णय तपाईको पक्षमा हुनेछन्। भाग्यले तपाईलाई भरपूर साथ दिनेछ। बोस तपाईको कामबाट प्रसन्न हुनेछन्। तपाईको तलब वृद्दि हुन् सक्छ। कामको शिलशिलामा अर्को सहर जानुपर्नेछ। यो यात्रा तपाईको लागि लाभदायक रहनेछ। विवाहको योग बन्न सक्छ। स्वास्थ्य अवस्था राम्रो रहनेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
मकर राशिका मानिसहरूलाई शुक्र गोचरबाट लाभ मिल्नेछ। उनीहरुको जीवनमा धेरै खुशी आउनेछ। परिवारमा सुख शान्तिको वातावरण रहनेछ। करियरमा ठूलो फाइदा हुनेछ । नयाँ व्यापार सुरु गर्न चाहनुहुन्छ भने यो समय राम्रो रहनेछ। धन लगानीको लागि उत्तम समय छ। भाग्यले धेरै साथ दिनेछ। स्वास्थ्य सम्बन्धि शुभ समाचार मिल्नेछ।