१३० वर्षपछि बुद्ध पूर्णिमामा बन्दैछ महासंयोग, यी ३ राशिको चम्किनेछ भाग्य

काठमाडौँ : – हिन्दू पञ्चाङ्गअनुसार वैशाख शुक्लपक्षको पूर्णिमालाई बुद्ध पूर्णिमा भनिन्छ। बौद्ध धर्मका अनुयायीका लागि बुद्ध पूर्णिमा सबैभन्दा महत्वपूर्ण पर्व हो किनकी यस शुभ दिनलाई बौद्ध धर्मको संस्थापक गौतम बुद्ध जन्म, ज्ञान र मृत्युको प्रतीक मानिन्छ। ज्योतिष शास्त्रका अनुसार यो दिन निकै विशेष हुनेछ किनकि यसै दिन वर्षको पहिलो चन्द्रग्रहण पनि लाग्न लागेको छ। बैशाख २२ गते (मे ५ तारिख) शुक्रबार पर्ने बुद्ध पूर्णिमामा निकै खास योग बन्दैछ। यस्तो महासंयोग करिब १३० वर्षपछि बन्न लागेको मानिएको छ। बुद्ध पूर्णिमाको दिन चन्द्रग्रहण पनि लाग्दैछ। यसका साथै चन्द्रग्रहणको समयमा नक्षत्रको मिलनले धेरै राशिहरुलाई खुशीले भर्नेछ।

वैदिक ज्योतिषशास्त्रका अनुसार वर्षको पहिलो चन्द्रग्रहण बैशाख २२ गते शुक्रबार राति ९ बजेबाट सुरु भई राति करिब १:१५ मा समाप्त हुनेछ। यससँगै सूर्योदयदेखि बिहान ९ : ३० बजेसम्म सिद्धि योग रहने छ भने दिनभर स्वाति नक्षत्र रहनेछ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिका लागि बुद्ध पूर्णिमाको दिन निकै विशेष रहनेछ। किनकी यस समयावधिमा सूर्य मेष राशिमा विराजमान रहनेछन्। यससँगै बुध ग्रहको संयोगमा बुद्धादित्य योग बनिरहेको हुनेछ। यसका साथै यस राशिका लागि चन्द्रग्रहणको प्रभाव विशेष रहनेछ। लामो समयदेखि रोकिएका कामहरू फेरि सुरु हुनसक्छन्। जागिर र व्यापारमा पनि प्रशस्त फाइदा हुने सम्भावना छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिका लागि पनि चन्द्रग्रहण राम्रो साबित हुन सक्छ। सूर्य र बुधको संयोगबाट बनेको बुद्धादित्य योगले यस राशिका मानिसहरुको भाग्य उज्यालो बनाउन सक्छ । यसका साथै यस राशिका मानिसहरूलाई देवी लक्ष्मीको विशेष कृपा हुन्छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिका लागि बुद्ध पूर्णिमाको दिन विशेष रहनेछ। यस समयावधिमा सूर्य मेष राशिमा विराजमान रहनेछन्। सिंह राशिको स्वामी भएकाले यस राशिका मानिसलाई बुद्धादित्य योगको प्रभाव सकारात्मक हुन सक्छ। यस्तो अवस्थामा यस राशिका व्यक्तिहरूले कार्यस्थलमा आफ्नो कामको प्रशंसा प्राप्त गर्नुका साथै पदोन्नति र तलबवृद्धि प्राप्त गर्न सक्छन्।

प्रकाशित : बिहिबार, चैत ३०, २०७९१४:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

खरमास सकिएसँगै लाग्दैछ सबैभन्दा ‘खतरनाक पञ्चक’, आउँदो ५ दिन कदापि नगर्नुस् यी काम