काठमाडौँ : – ज्योतिष शास्त्र अनुसार मीन राशिको स्वामी स्वामी देवगुरु बृहस्पति हुन्। गुरु ग्रहलाई ज्ञान, शिक्षक, सन्तान, दाजुभाई, शिक्षा, धार्मिक कार्य, पवित्र स्थल, धन, दान, पुण्य र वृद्धि आदिको कारक मानिन्छ। त्यस्तै गुरु ग्रहले १३ महिनामा आफ्नो राशि परिवर्तन गर्छ। साथै शनि ग्रह करिब अढाई वर्षमा एक राशिबाट अर्को राशिमा गोचर गर्छन्। जसको प्रभाव सबै १२ राशिका मानिसहरुमा देखिनेछ।
त्यस्तै यदि तपाईको गोचर कुण्डलीको कुरा गर्ने हो भने शनि देव अहिले तपाईको राशिबाट १२ औँ भावमा गोचर गरिरहेको छ र तपाईमा १७ जनवरी सन् २०२३ देखि शनिको साढेसाती सुरु भएको छ। गुरु ग्रहको कुरा गर्ने हो भन गुरु ग्रह अहिले तपाईको लग्न भावमा गोचर गरिरहेको च र यहाँ २२ अप्रिलदेखि तपाईको धन भावमा गोचर गर्नेछ। यस्तो अवस्थामा आज हामी तपाईलाई बताउँछौँ, आउँदो ८ वर्ष मीन राशिका मानिसहरुका लागि करियर, कारोबार, आर्थिक स्थिति, स्वास्थ्य र वैवाहिक जीवनको दृष्टिकोणले कस्तो रहला त ?
वैदिक ज्योतिषशास्त्रका अनुसार सन् २०२३, २४ र २०२५ को आधा वर्ष शनिदेव तपाईको आध्यात्मिक चिन्तनको लागि मोक्षको द्वार र धर्म- कर्मको क्षेत्रको लागि अत्यन्तै राम्रो छ। तर यो समयावधि स्वास्थ्यको दृष्टिकोणले कष्टकारी हुनेछ। यदि शनिको महादशा चलिरहेको छ र शनिदेव तपाईको गोचर कुण्डलीको ६, ८ र १२ औँ भावमा बसेको छ भने तपाईले विशेष सावधानी अपनाउन आवश्यक छ।
त्यस्तै सन् २०२५ को आधा वर्ष, २०२६, २०२७ र २०२८ को आधा वर्षमा शनि देव तपाईको लग्न भावमा गोचर गर्नेछ र चरम साढेसाती सुरु हुनेछ। शनिदेवले तपाईको शारीरिक क्षमतालाई कम गर्नेछ। आत्मविश्वासमा कमी आउनेछ । शरीरमा आलस्य आउनेछ र विशेषगरी शिक्षा, बैंकिङ, न्यायाधीश, वकिल, शिक्षक, धातुको काम, धार्मिक कार्य, काठ, खाना र पहेँलो वस्तुको व्यापार गर्ने व्यक्तिलाई यस समयमा थोरै लाभ मिल्नेछ।
२२ अप्रिलमा गुरु ग्रह तपाईको गोचर कुण्डलीको धन भावमा आउनेछ। त्यसैले यस समयमा तपाईलाई आकस्मिक धन प्राप्त हुनेछ। यससँगै बोलीमा पनि प्रभाव रहनेछ, जसका कारण मानिसहरु प्रभावित हुनेछन्। सन् २०२५ मा गुरु ग्रह तपाईको गोचर कुण्डलीको चतुर्थ घरमा आउनेछ। त्यसैले यस समयमा तपाईलाई घर-जग्गा प्राप्त हुनेछ।
साथै सवारी साधन खरिद गर्न सकिनेछ। साथै भौतिक सुख सुविधा प्राप्त हुनेछ। गुरु ग्रह सन् २०२६ मा कर्कट राशिमा गोचर गर्नेछ र कर्कटमा उच्च हुन्छ। साथै गुरुको दृष्टि भाग्य, लाभ र नवममा आउनेछ। त्यसैले सन् २०२६ तपाईको लागि लाभदायी साबित हुनेछ।
सन् २०२८ मा गुरु तपाईको गोचर कुण्डलीको सप्तम भावमा आउनेछ। त्यसैले यस समयावधिमा अविवाहित मानिसहरुको सम्बन्ध पक्का हुन् सक्छ। साथै सन् २०८० मा देवगुरु बृहस्पति तपाईको नवम भावमा आउनेछ। त्यसैले सन् २०३० पनि तपाईको लागि अनुकूल सिद्ध हुन् सक्छ। यो वर्ष वैदेशिक यात्रामा पनि जान सकिनेछ ।
त्यस्तै शनिदेव सन् २०२८ को आधा वर्ष, सन् २०२९ र २०३० मा शनि देव नीच अवस्थामा गोचर गरी धनको घरमा आउनेछ। जुन शुभ होइन। त्यसैले यस समयमा परिवारका सदस्यहरूसँग मनमुटाव हुन सक्छ। यससँगै बोली बिग्रन सक्छ। काम गर्ने क्षमता कम हुनेछ। यससँगै विद्यार्थीलाई पढाइमा मन लाग्दैन।