बुधादित्य राजयोग : हिराझैँ चम्किनेछ यी राशिका भाग्य, धन र खुशीयालीले भरिनेछ झोली

काठमाडौँ : – ज्योतिष शास्त्रका अनुसार राशि परिवर्तनले हाम्रो जीवनमा प्रायः शुभ वा अशुभ प्रभाव पार्छ। नववर्ष २०८० को बैशाख १ गते सूर्य मेष राशिमा प्रवेश गरेको छ। यसले बुधादित्य राजयोग निर्माण गर्नेछ। बुध ग्रह पहिलेदेखि नै मेष राशिमा विराजमान छ। त्यसैले बुध र आदित्य (सूर्य) मिलेर बुधादित्य राजयोग बन्नेछ। यस राजयोगले तीन राशिमा सबैभन्दा बढी बदलाव ल्याउनेछ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

बुधादित्य राजयोगको कारण मेष राशिका व्यक्तिले सबैभन्दा बढी लाभ प्राप्त गर्नेछन्। यसको कारण यो हो कि सूर्य र बुध दुवै यहीँ राशिमा गोचर हुनेछन्। यसबाट मेष राशिको भाग्य बढ्नेछ। भाग्यले हरेक पल साथ दिनेछ। जुन काममा हात लगाउनुहुन्छ त्यो काम सफल हुनेछ। धनसम्बन्धी सम्पूर्ण समस्याहरु समाप्त हुनेछन्। धन आर्जनको नयाँ अवसर मिल्नेछ।नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ।

व्यापारमा लाभ हुनेछ । नयाँ र ठूलो व्यापारिक सम्झौता मिल्न सक्छ। स्वास्थ्य अवस्था राम्रो रहनेछ। अड्डा-अदालतका मामिला टुङ्गो लाग्नेछ। घरमा पाहुनाको आगमन हुनेछ। अतिथि आगमनबाट आर्थिक लाभ हुनेछ। घरजग्गाको मामिलामा निर्णय तपाईको पक्षमा हुनेछ। प्रेम सम्बन्धका मामिलाहरु हल हुनेछन्। समाजमा तपाईको कामको प्रशंसा हुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

सूर्य र बुधको संयोगले कर्कट राशिमा पनि शुभ प्रभाव पार्नेछ। करियरमा उछाल आउनेछ। मनले चाहेको नोकरी मिल्नेछ। सरकारी जागिर खोज्नेहरुले शुभ समाचार पाउन सक्नेछन्। घरमा रमाइलो र सकारात्मक वातावरण रहनेछ। बिग्रिएको काम बन्नेछ। उधारो दिएको धन फिर्ता हुनेछ। आर्थिक लाभ हुनेछ। धन लगानी गर्दा लाभ हुनेछ।

प्रियजनको माया बढ्नेछ। तपाईको घरमा खुशीयाली आउनेछ। सन्तान सुख मिल्नेछ। लामो यात्रामा जान सकिनेछ। यो यात्रा सुखद र आर्थिक रुपमा फलदायी रहनेछ। मालिक तपाईको कामबाट खुसी हुनेछन्। तपाईको तलबवृद्दि हुन् सक्छ। तपाईको घरमा धनको आगमन बढ्नेछ। नोकरी र व्यापारमा दोहोरो लाभ मिल्नेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिका लागि बुधादित्य योगबाट ठूलो लाभ मिल्नेछ। उनीहरुको जीवनमा खुशीको वर्षा हुनेछ। स्वास्थ्य अवस्था राम्रो रहनेछ। पुराना सबै रोग अन्त्य हुनेछ। भाग्यले साथ दिनेछ। सन्तान पक्षबाट सुखद् समाचार प्राप्त गर्नुहुनेछ। तपाईको काम र व्यवहारको प्रशंसा हुनेछ। मानिसहरुसँगको भेटघाट बढ्नेछ। समाजमा हैसियत बढ्नेछ।

नयाँ घर वा सवारी साधन खरिद गर्न सकिनेछ। प्रेम र दाम्पत्य सम्बन्धमा सफलता मिल्नेछ। तपाईको घरमा अथाह धनको आगमन हुनेछ। घरमा सबैलाई धन कमाउने अवसर मिल्नेछ। प्रशस्त धन आर्जन हुनेछ। सबैले तपाईको वाहवाही गर्नेछन्।

प्रकाशित : सोमबार, चैत २७, २०७९१८:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मीन राशिका मानिसहरुलाई कस्तो रहला आउँदो ८ वर्ष, जान्नुहोस् करियर, कारोबार र दाम्पत्य जीवनको हाल