काठमाडौँ : – ज्योतिषशास्त्रका अनुसार समय-समयमा गोचर हुने ग्रहहरूले राजयोग र शुभ योगको निर्माण गर्दछन्। जसको प्रत्यक्ष असर पृथ्वी र मानव जीवनमा पर्छ। शुक्र ग्रहले वृष राशिमा प्रवेश गरेर महाधन योग बनाएको छ। जसको प्रभाव सबै राशिका मानिसहरुमा देखिनेछ। तर यस अवधिमा ३ वटा राशिका जातक यस्ता छन्, जसलाई आकस्मिक आर्थिक लाभ र सौभाग्यको सम्भावना रहेको छ। आउनुहोस् जानौँ ती राशिहरु कुन-कुन हुन् त…
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
मकर राशिका मानिसहरूका लागि महाधन योगको निर्माण अनुकूल साबित हुन सक्छ। तपाईको कुण्डलीमा गोचर भाग्यको स्वामी बुध ग्रह केन्द्रमा अवस्थित छ। साथै शुक्र ग्रह केन्द्रमा गत चैत्र २३ गते बिहिबार आएको छ। त्यसैले यस समयावधिमा तपाईले काम-कारोबारमा उल्लेखनीय प्रगति हासिल गर्नुहुनेछ। साथै धन-लाभ हुन् सक्छ। शनिदेव तपाईको राशिको धन भावमा विराजमान छ। जसका कारण आर्थिक स्थितिमा सुधार आउनेछ। व्यापारी तथा व्यवसायीलाई धनलाभ र भाग्योदय हुन् सक्छ। अविवाहितहरुको विवाहको योग देखिन्छ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
महाधन योग तपाईको लागि धेरै शुभ साबित हुन सक्छ। किनकी नवौं घरको स्वामी शुक्र हो र तिनले गत चैत्र २३ गते नवौं घरमा भ्रमण गरिसकेको छ। धनको स्वामी पनि हो। त्यसैले यस समयमा आकस्मिक धन लाभ हुने सम्भावना छ। यसका साथै यस समयमा भाग्यले पनि धेरै फाइदा दिनेछ। अर्कोतर्फ जो फिल्म लाइन, कस्मेटिक, संगीत, कला, चामल, दूध, होटल, मदिराको कामसँग जोडिएका छन्, तिनको लागि यो समय शानदार सिद्ध हुन् सक्छ। साथै यस समयमा विदेश यात्राको अवसर पनि मिल्न सक्छ। विद्यार्थीहरु परीक्षामा उत्तीर्ण हुनेछन्।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
वृष राशिका मानिसका लागि महाधन योगको निर्माण कुनै वरदान भन्दा कम साबित हुनेछैन। किनकी तपाईको गोचर कुण्डलीको नवमको स्वामी दशम स्थान अर्थात् केन्द्रमा विराजमान छ। साथै शुक्र ग्रह गत चैत्र २३ गते लग्न भावमा आएको छ। साथै तपाईको गोचर कुण्डलीमा शश, मालव्य र लक्ष्मी योग बनिरहेको छ। त्यसैले यस समयमा तपाईलाई धन-लाभ हुनेछ। यसका साथै जीवन साथीको सहयोग प्राप्त हुनेछ।
साथै, जीवन साथीको प्रगति सम्भव छ। साथै, आर्थिक स्थिति पहिले भन्दा बलियो हुनेछ। साथै, यो लगानीको लागि राम्रो समय हुन सक्छ। रोजगारीमा रहेकाहरूको बढुवा हुन् सक्छ। साथै, बेरोजगारहरूले रोजगारी पाउन सक्छन्। साझेदारीको काममा लाभ मिल्नेछ ।