जेलमा रहेका सुकेश चन्द्रशेखरको अभिनेत्री ज्याकलिनलाई प्रेम पत्र, चिन्ता नगर….

एजेन्सी- जेलमा रहेका ग्याङ्गस्टर सुकेश चन्द्रशेखरले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई इस्टरको शुभकामना दिएका छन्। सुकेशले ज्याकलिनलाई विशेष पत्र लेखेका छन्। उक्त चिठ्ठीमा सुकेशले ज्याकलिनलाई ‘मेरो बेबी, मेरी बोमा’ भनेका छन्। मात्रै होइन २०० करोड रुपैयाँको मनी ला-न्ड्रिङ मुद्दामा दिल्लीको जेलमा रहेका सुकेश चन्द्रशेखरले यस पत्रमार्फत ज्याकलिन फर्नान्डिजमाथि फेरि एकपटक प्रेम व्यक्त गरेका छन्।

सुकेशले लेखेका छन्, ‘ज्याकलिन, मेरो बेबी, मेरो बोम्मा। बेबी म तिमीलाई इस्टरको शुभकामना दिन चाहन्छु। मलाई थाहा छ यो तिमीलाई मनपर्ने चाड मध्ये एक हो।’ अहिले सामाजिक सञ्जालमा सुकेशले ज्याकलिनलाई लेखेको पत्र निकै भाइरल भएको छ।

सुकेशले ज्याकलिनलाई पत्र लेखेको यो पहिलो पटक भने होइन। यसअघि पनि सुकेशले ज्याकलिनको नाममा धेरै पटक चिठ्ठीमार्फत प्रेम देखाइसकेका छन्। तर ज्याकलिनले यी चिठ्ठीको जवाफ कहिल्यै दिएकी छैनन्।

स्मरण रहोस् ज्याकलिन फर्नान्डिसलाई सत्य थाहा हुँदाहुँदै सुकेश चन्द्रशेखरसँग मित्रता गरेको आरोप लागेको छ। अभिनेत्रीले उनीबाट धेरै महँगो उपहार लिएको पनि भनिएको छ कि दुवै एक अर्कालाई एक समयमा प्रेम भएको चर्चा अझै पनि हुने गर्दछ।

प्रकाशित : आइतबार, चैत २६, २०७९१२:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उर्फीलाई बेहोश हुनेगरी पिट्थे उनका बुबाले, आफन्तले पनि गर्दैन्थे इज्जत, १७ वर्षको उमेरमा छाडिन् घर