उर्फीलाई बेहोश हुनेगरी पिट्थे उनका बुबाले, आफन्तले पनि गर्दैन्थे इज्जत, १७ वर्षको उमेरमा छाडिन् घर

काठमाडौँ : – उर्फी जावेदले १७ वर्षको उमेरमा घरबाट भाग्ने निर्णय गरेकी थिइन्। बुवाले निकै कुटपिट गर्ने गरेको उनले बताईन्। उनका बुवाले उनलाई यति धेरै कुटपिट गर्थे कि उनी बेहोस नै हुन्थिन्। आफन्तजनहरुले समेत सम्मान नगरेको उनले बताईन्।

ह्युमन्स अफ बम्बेलाई दिएको अन्तर्वार्तामा उर्फी जावेदले यसबारे कुरा गरेकी हुन्। उनले भनिन्, ‘जब म १५ वर्षको थिए, कसैले मेरो तस्बिर एडल्ट साइटमा अपलोड गरेका थिए। त्यो एक सामान्य तस्बिर थियो।’

उर्फी जावेदले थप भनिन्,’मैले त्यो तस्बिर ट्युब टप लगाएर फेसबुक प्रोफाइलमा राखेकी थिए। कसैले यसलाई डाउनलोड गरेर एडल्ट साइटमा अपलोड गरेछन्।’

उर्फीले भनिन्, “बिस्तारै सबैलाई यो कुरा थाहा भयो। सबैले मलाई दोष लगाउन थाले। मानिसहरूले मलाई एडल्ट स्टार भन्न थाले।” मैले भने, ‘भिडियो कहाँ छ?’ तर तिनले भने – होइन, होइन, तिमी एडल्ट स्टार नै हौँ।

उर्फी जावेदले थप भनिन्, ‘यहाँसम्म कि मेरा बुबाले समेत मलाई एक एडल्ट स्टार भन्न थाले। मलाई लाग्छ कि मेरो बुबाले सबैबाट सहानुभूति लिन खोज्नुभएको थियो। उनले सबैलाई एडल्ट साइट वालाले ५० लाख रुपैयाँ मागिरहेको कुरा सुनाउँथे।’

उर्फी जावेदले थप भनिन्, ‘मलाई विश्वास नै लागिरहेको थिएन्। तर म के नै गर्न सक्थे र। उहाँले मलाई घरमा धेरै पिट्नुहुन्थ्यो। उहाँको कुटाईले म बेहोश नै हुन्थे।’

उर्फी जावेदले थप भनिन्, ‘मैले यो सब २ वर्षसम्म सहें। मेरो आफ्नै बुबा, आफन्तजनहरुले मेरो धेरै बेइज्जत गर्थे। त्यसपछि जब म १७ वर्ष लागेँ, घरबाट भागेँ।’ उर्फी आफ्नी बहिनीसँग घर छाडेर लखनउ सरिन्। उनले बच्चाहरुलाई पढाएर आफ्नो खर्च चलाईन्।

उर्फी जावेद पछि दिल्ली आइन्। अलग-अलग साथीको घरमा बसिन्। त्यसपछि कल सेन्टरमा जागिर पनि पाईन्, जसमा उनको केही रुचि थिएन्। त्यसपछि उनी मुम्बईमा आईन् र विभिन्न भूमिकाका लागि अडिसन दिइन् र त्यसपछि टिभीमा साना भूमिकाहरू पाउन थालिन् ।

प्रकाशित : आइतबार, चैत २६, २०७९१२:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री अदितिको साडीमा अहिलेसम्म नदेखिएको रुप, तस्बिर सहित !