आज आइतबार गर्नुहोस् यी उपाय, सुर्यदेवको कृपाले मिल्नेछ सु-स्वास्थ्य र धन लाभ

आइतबार ग्रहहरूका राजा भगवान सूर्यको देवको नाममा समर्पित छ। सूर्य भगवानको कृपाले व्यक्तिको जीवनमा धेरै प्रगति हुन्छ र स्वास्थ्य पनि सधैँ राम्रो रहने मान्यता रहेको छ। यस दिन सूर्यदेवको विशेष पूजा अर्चना गर्नाले सबै दुःख कष्ट हट्ने मान्यता रहेको छ। त्यस्तै ज्योतिषशास्त्रमा सूर्यलाई आत्माको कारक मानिन्छ।

अर्कोतर्फ, यदि सूर्य कमजोर वा अशुभ स्थानमा छ भने व्यक्ति प्रायः बिरामी रहन्छ, धन हानि हुन्छ र गरेको काम पनि बिग्रन थाल्छ। आइतबारको दिन केही विशेष उपाय गर्नाले यी सबै समस्या हट्छन्। यी उपायहरूको बारेमा जान्नुहोस्।

आइतबार बिहान सबेरै उठेर नुहाउने र सफा लुगा लगाउने। यसपछि सूर्यदेवलाई अर्घ्य दिनुहोस्। अर्घ्य दिँदा ‘ॐ सूर्याय नमः ओम वासुदेवाय नमः ओम आदित्य नमः’ मन्त्रको जप अवश्य गर्नुहोस्। यसो गर्दा सूर्य भगवान छिट्टै प्रसन्न हुनुहुनेछ र तपाईको सबै मनोकांक्षा पूरा हुनेछ।

आइतबारको दिन शिवलिंगको जलाभिषेक गर्नाले व्यक्तिको जीवनमा व्याप्त सबै संकट हट्ने धार्मिक विश्वास छ। राहु, केतु र शनिको बाधा अन्त्य गर्न पानीमा कालो तिल मिसाएर भगवान सुर्य देवलाई अर्घ्य दिनुहोस्। यो उपाय गर्नाले राहु-केतुको बाधा समाप्त हुन्छ।

व्यवसायमा प्रगति र उन्नति गर्न चाहनुहुन्छ भने आइतबार नदीमा कालो तिल, सखर र चामल दान गर्नुहोस्। यो उपाय गर्नाले जीवनमा व्याप्त सबै समस्याहरू हट्छन्।

आइतबारको दिन दानका लागि निकै शुभ मानिन्छ। यस दिन सूर्यदेवलाई प्रसन्न पार्न सखर, दूध, चामल र वस्त्र दान गर्नुहोस्। यस कारणले  कुनै पनि काममा बाधा आउने छैन र सफलता मिल्नेछ।

प्रकाशित : आइतबार, चैत २६, २०७९१२:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१० वर्षपछि यी ३ राशिको गोचर कुण्डलीमा बन्यो ‘महाधन योग’, मिल्न सक्छ अपार पैसा र पद- प्रतिष्ठा