काठमाडौँ : – ग्रहहरुका गोचरले प्राय: मानिसहरुका जीवनमा राम्रो र नराम्रो प्रभाव पार्छ। नववर्ष २०८० को पहिलो दिन बैशाख १ गते शुक्रबार सूर्य ग्रह मेष राशिमा गोचर गरेको छ। त्यसपछि बैशाख ७ गते मातातीर्थ औँसीको दिन सूर्यग्रहण पनि लाग्दैछ। यस्तो अवस्थामा यी दुवै स्थितिले ५ राशिका लागि समस्या सिर्जना गर्न सक्छ। उनीहरुले आगामी एक महिनासम्म ठूलो नोक्सानी बेहोर्नु पर्ने हुनसक्छ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
सूर्य ग्रहणका कारण यो राशिका मानिसहरुले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ। धनको ठूलो नोक्सानी हुन सक्नेछ। हातबाट जागिर फुत्किन सक्छ। व्यापार-व्यवसायमा ठूलो घाटा ब्होर्नुपर्ने हुन् सक्छ। यात्रा खतरनाक हुन् सक्छ। समाजमा तपाईको मान-सम्मान घट्न सक्छ। विद्यार्थीले पढाइ-लेखाईमा हानि-नोक्सानी ब्होर्नसक्छन्। करियरमा गिरावट आउन सक्छ। स्वास्थ्य गडबड हुन सक्छ। कोहीँ नजिकका व्यक्तिले तपाईलाई धोका दिन सक्छन्।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
कन्या राशिले सूर्यग्रहणको दुष्प्रभाव भोग्नुपर्नेछ। नजिकका र प्रियजनहरूसँगको सम्बन्ध बिग्रन सक्छ। बोलीमा संयम राख्न जरुरी छ। रिसको झोँकमा जे मनमा त्यहीँ नबोल्नुहोस्, अन्यथा पछ्ताउनुपर्नेछ। आफ्नो घमण्ड र अहंकारलाई नियन्त्रणमा राख्नुपर्छ। समाजमा तपाईको ईज्जत कम हुन् सक्छ। शत्रुहरूले तपाईको कमजोरीको फाइदा उठाउन सक्छन्। उनीहरुसँग होसियार हुनुपर्छ। बहुमूल्य सामानहरू सुरक्षित राख्नुहोस्। हराउन सक्छ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
यस राशिका व्यक्तिहरूले आगामी एक महिनासम्म दुःख र समस्याको सामना गर्नुपर्नेछ। विशेषगरी श्रीमान्–श्रीमतीको सम्बन्धमा चिसोपन आउन सक्छ। यस्तो अवस्थामा दुवैजनाले बुद्धिमानीपूर्वक काम गर्नुपर्नेछ। सन्तानको पक्षबाट दुःख बढ्न सक्छ। बच्चालाई नियन्त्रणमा राख्नुपर्छ। यसका साथै धन सम्बन्धी समस्याले पनि दस्तक दिन सक्छ। धन हानिबाट बच्न शुक्रबारको दिन लक्ष्मीको पूजा आरधना गर्नुहोस्। कसैलाई आँखा चिम्लिएर विश्वास नगर्नुहोस्।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
सूर्यग्रहणले मकर राशिमा पनि नराम्रो प्रभाव पार्छ। भाग्यले यिनलाई साथ दिनेछैन। बन्दै गईरहेका काम पनि बिग्रनेछन्। लामो दुरीको यात्राबाट जोगिनु पर्नेछ। यति महत्वपूर्ण यात्रा छ भने हनुमान मन्दिरमा नरिवल चढाएपछि मात्र यात्रामा निस्कनुहोला। रिसलाई काबूमा राख्नुपर्नेछ। अन्यथा नजिकको व्यक्तिसँग झगडा हुन सक्छ। सम्बन्धमा दरार आउन सक्छ। अड्डा-अदालतको मामिलामा अल्झिनुहुनेछ। उधारो पैसा डुब्नेछ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
मीन राशिका व्यक्तिहरूले पनि आगामी एक महिना सावधानी अपनाउनु पर्ने देखिन्छ। घरमा दु:ख बढ्न सक्छ। सुखमा कमी आउन सक्छ। मानिसहरूले तपाईको गलत फाइदा उठाउन सक्छन्। शत्रुहरुले तपाईलाई हानि पु¥याउने प्रयास गर्न सक्छन्। धन हानि हुने सम्भावना छ। बुद्धिमानीपूर्वक पैसा खर्च गर्नुहोस्। फिजुल खर्चलाई रोक्नुहोस्। आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नुहोला। पैसा कतै लगानी नगर्नुहोस्।