अभिनेत्री वर्षा आज जन्मदिन मनाउँदै, तस्बिर सहित!

आज अभिनेत्री वर्षा सिवाकोटी जन्मदिन मनाउँदै छिन्। अहिले अभिनेत्रीले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै आज उनको जन्म दिन भएको बताएकी छिन्।

पछिल्लो समयमा सामाजिक सञ्जालमा अभिनेता तथा अभिनेत्रीको व्यक्तिगत जीवनको बारेमा मानिसहरू निकै चासो राख्ने गरेका छन्। त्यस्तै पछिल्लो समयमा सामाजिक सञ्जालमा अभिनेत्री वर्षा सिवाकोटीलाई पनि निकै सक्रिय पाउन सकिन्छ।

अभिनेत्री वर्षा सामाजिक सञ्जालमा उनको हरेक क्रियाकलापको तस्बिर तथा भिडियो सार्वजनिक गर्ने गर्छिन्। जसलाई उनका फ्यानले निकै रुचाउने गरेका छन्। अभिनेत्रीलाई सामाजिक सञ्जालमा ठुलो सङ्ख्यामा फलो-अर्स रहेका छन्।

केही दिन पहिले अभिनेत्रीको विवाह भएको १० महिनामा नै सम्बन्ध विच्छेद भएको खबरले निकै चर्चा पाएको थियो। जब अभिनेत्रीका श्रीमानले दोस्रो विवाह गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो। तब अभिनेत्री सम्बन्ध विच्छेद भएको पुष्टि भएको थियो।

अन्यथा अभिनेत्रीले उनको वैवाहिक जीवनको विषयमा केही बोलेकी थिइनन्। अहिले अभिनेत्री उनको आगामी फिल्मको कारण चर्चामा छिन्। आगामी वर्ष जेठ ५ गते अभिनेत्री वर्ष अभिनीत फिल्म ‘ए साथी सुन’ प्रदर्शनमा आउने भएको छ। यस फिल्मको टिजर भने सार्वजनिक भइसकेको छ। यस फिल्ममा अभिनेत्रीलाई लिड रिलमा देख्न सकिनेछ।

प्रकाशित : शुक्रबार, चैत २४, २०७९१५:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जेलमा रहेका सुकेश चन्द्रशेखरको अभिनेत्री ज्याकलिनलाई प्रेम पत्र, चिन्ता नगर….