‘वार २’ को लागि जूनियर एनटीआरले पाउँदैछन् मोटो रकम, ऋतिक रोशनलाई दिनेछन् कडा टक्कर

एजेन्सी : भारतीय फिल्म प्रडक्सन हाउस यशराज फिल्म्सको स्पाई युनिभर्स बिस्तारै ठूलो हुँदै गईरहेको छ। ‘पठान‘ को ऐतिहासिक सफलतापछि ‘टाइगर ३‘ लगभग तयारी अवस्थामा रहेको छ। र त्यसपछि ‘वार २‘ को पनि औपचारिक घोषणा गरिएको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार ‘वार २‘ मा ऋतिक रोशनसँग ‘आरआरआर‘ फेम जुनियर एनटिआर पनि देखिनेछन्। जसले गर्दा फ्यानहरु यस फिल्मलाई लिएर थप उत्साहित भएका छन्। तर के तपाईलाई थाहा छ ‘वार २‘ को लागि जुनियर एनटिआरले कति पारिश्रमिक लिँदै छन्।

स्मरण रहोस्, ‘वार‘ मा ऋतिक रोशनसँगै टाइगर श्राफ मुख्य भूमिकामा देखिएका थिए र फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका थिए। योसँगै फिल्मको सिक्वेलमा ऋतिकसँग जुनियर एनटीआर देखिनेछन् र फिल्मलाई अयान मुखर्जीले निर्देशन गर्नेछन्। अयान मुखर्जी हालै फिल्म ‘ब्रह्मास्त्र‘ लाई लिएर चर्चामा थिए र फिल्म हिट साबित भएको थियो।

वार २‘ मा जुनियर एनटीआरको प्रवेशपछि यो प्यान इन्डिया फिल्म हुने र अब यसको दर्शक पनि बढ्दै जाने स्पष्ट भएको छ। बलिउड लाइफको रिपोर्ट अनुसार जुनियर एनटीआरले फिल्मका लागि करिब ३० करोड भारु पारिश्रमिक लिने भएका छन्। यसै क्रममा मिडिया रिपोर्टका अनुसार जुनियर एनटीआरले फिल्म आरआरआरका लागि ४५ करोड भारु पारिश्रमिक लिएका थिए।

प्रकाशित : शुक्रबार, चैत २४, २०७९१३:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री वर्षा आज जन्मदिन मनाउँदै, तस्बिर सहित!